२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

शिवराज नगरपालिकाको भवन बन्ने पक्का ।।

फोटो संकेतिक
image

कपिलवस्तुमा शिवराज नगरपालिकाले भवन निर्माण गर्न थालेपछि यसलाई रोक्न माग गर्दै चन्द्रौटाका केही व्यक्तिद्धारा जिल्ला अदालतमा मुद्धा भएको थियो ।


जिल्ला अदालतले उनीहरुको मुद्धालाई सदर गरेको थियो । जिल्ला अदालतले मुद्धा सदर गरेपछि नगरपालिकाले काम रोकेको थियो । यद्यपि नगरपालिका जिल्ला अदालतले गरेको फैसला प्रति विमती राख्दै उच्च अदालत बुटवल तुल्सीपुर इजलास पुगेको थियो ।

बुटवल तुल्सीपुर इजलासले जिल्ला अदालतले गरेको फैसलालाई बदर गरेर काम सुचारु गर्न भनेको छ  । नगरपालिकाको पक्षमा फैसला आएपछि नगर प्रमुख नेत्रराज अधिकारीले नगरबासीको पक्षमा फैसला आएको भन्दै खुसी व्यक्त गरे । भवनको विषय आफ्नो व्यक्तिगत विषय नभएर सिंगो नगरका जनताको विषय भएको भन्दै यसमा अदालतले न्याय गरेको तर्क समेत अधिकारीले गरे ।

टेन्डर प्रक्रिया र ठेकदार छनोट कोकाम सम्पन्न भएकोले भवन निमार्णको काम अब लगतै सञ्चालन हुने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।