२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

सचेतना फैलाउदै चन्द्रौटा ट्राफिक ।।

image


कपिलवस्तु । विद्यालय उमेर समुहका वालवालिकाहरुलाई लक्षित गर्दै चन्द्रौटा ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम गरेको छ ।

विद्यार्थीहरु ट्राफिक नियम सम्वन्धि जानकार हुनुपर्ने भन्दै वडा प्रहरी कार्यलय चन्द्रौटाको ट्राफिक प्रहरीले विद्यालय परिसरमै गई प्रशिक्षण दिएका हुन । वुधवार शिवराज नगरपालिका २ वालापुरमा रहेको जेनिथ ईङलिस वोडिङ स्कुलका करिव ७० जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्वन्धि जानकारी गराएको प्रहरि नायव निरिक्षक माधव प्रसाद पन्थीले वताउनुभयो ।

सडकमा आवतजावत गर्दा धेरै विद्यार्थीहरु दुर्घटना हुने गरेकोले दुर्घटना कम गर्न गर्नको लागी यस्तो कार्यक्रम आयोजना गरिएको पन्थीले जानकारि दिनुभयो । दुर्घटना कम गर्नको लागी आम नागरिकहरु पनि सचेत बन्नुपर्ने जनाउदै मख्य गरि विद्यार्थीहरुलाई ट्राफिक नियम वारे जानकारि दिदा प्रभावकारी हुनेमा जोड दिनुभयो ।