२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

दुई दिने दिगो माटो व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

image

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ मा दुई दिने माटो व्यव्स्थापन सम्बन्धि तालिम शुक्रवार सम्पन्न भएको छ । जनता संग मेयर कार्यक्रम अन्र्तगत त्रियुगा नगरपालिका कृषि विकास शाखा गाईघाटको आयोजनामा विहिवार देखि वैरनीमा रहेको दनुवार भवनमा तालिम शुरु भएको थियो ।

तालिममा माटोको परिचय,एकिकृत खाद्दतत्व ब्यवस्थापन,माटोको नमुना तरिका,कम्पोस्ट मल वनाउने तरिका,एकिकृत शत्रुजीव व्यवस्थापन,रोग किरा व्यवस्थापन,च्याउ खेति प्रविधी,तरकारीको जातको वारे जानकारी आदी वारेमा जानकारी गराएको त्रियुगा नगरपालिकाका नायव प्राविधिक साहयक शोम दनुवारले वताए ।

त्यस्तै वडा अध्यक्ष कमल कुमार राउतले कृषकहरुलाई कृषि क्षेत्रमा दिगोपना भएर लाग्नु पर्ने बताए । उनले वडा वाट बिकास निमार्णको काममा मात्र वजेट खर्च नगरी कृषि क्षेत्रलाई पनी प्राथमिकतामा राखेको बताए ।


तालिममा २२ वटा टोल विकास सस्थाका प्रतिनिधीहरु सहभागी थिए ।