२०७६ असोज ४ शनिबार Saturday, September 21

ताजा अपडेट :

Skip Advt.

प्रदेश नम्बर १ कै सुनसरी जडेज स्कुल उत्कृष्ट कार्यसम्पादनमा पुरुषकृत

४० औं  राष्ट्रिय  शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय   साक्षरता दिवस
image

प्रदीप जस्मैत चौधरी ,बराहक्षेत्र ।  बिराटनगरमा संचालित  ४० औं  राष्ट्रिय  शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय   साक्षरता दिवसको अवसरमा सुनसरी जिल्लाका सामुदायिक विधालयहरु मध्ये शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्यसम्पादन गरेवापत रु.२ लाख नगद राशि सहित  प्रदेश नम्बर १ अन्तरगत सुनसरी जिल्लाको जडेज माध्यमिक विधालयले मुख्यमन्त्री माननीय शेरधन राई ,  माननीय मन्त्री  सामाजिक विकास मन्त्री जीवन घिमेरे तथा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव हरिप्रसाद दाहालले लगायतले नगद तथा कदर ( पत्र हस्तान्तरण वितरण गरेको थियो । विधालय प्रचार्य हिरणिय पौडेल मुख्य मन्त्री शेरधन राईले सो पुरुस्कार प्रदान गरेको छ । 


गत साल  ३९ ओं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५ ९ सेप्टेम्बर ८, २०१८ ० को अवसरमा प्रदेश नम्बर १ अन्तरगत सुनसरी जिल्लाको जडेज माध्यमिक विधालयले शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट तयार गरेको परिक्षण साधन अनुसार सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको मुल्यांकन सिफारिसमा आधारमा सामुदायिक विधालय तर्फ सनसरीको उत्कृष्ट स्थान साथै नगद राषि ५ लाख प्रोत्साहन अनुदान प्राप्त गरिएको थियो ।

यो खुशि सगै जडेज उच्च स्कुलका सवै शिक्षक विधार्थीहरु बराहक्षेत्र ५ नम्बर वडाको बजारहरुमा खुसयालिको जुलुस र्याली  सोमवार निकालेको प्रचार्य  हिरणिय पौडेल बताए ।


यहाँ सम्म ल्याउन यहाको शिक्षक, कर्मचारी, स्कुल व्यवस्थापन, विधार्थी अभिभावकले गर्दा उतकृष्ट हासिल प्राप्त गरेको हो । यस्ले के सावित भाको छ भने सवैजना आफ्नो आफ्नो ठाउँबाट कर्मनिष्ट लगनशिल भऐर काम गर्यो भने जेनि उपलब्धि गर्न सकिन्छ भनेर यो पुरुषकारले पुष्टि गर्छ भनेर सुचना अधिकृत चेतनाथ भट्टराईले बताए ।

 अहिले १६ सयको हराहरीमा यश स्कुलमा विधार्थीहरु अध्यनरत छ । भने शिक्षक कर्मचारीहरु ४० जना रहेको भट्टराईले बताएका छन ।