२०७६ असोज ४ शनिबार Saturday, September 21

ताजा अपडेट :

Skip Advt.

वराहक्षेत्रमा घुम्ति सिबिर  ब्यबसाय दर्ता निरन्तर जारी 

image

प्रदीप जस्मैत चौधरी, वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को  अर्थ समन्धि प्रस्तालाई निमित्त स्थानीय कर तथा शुल्क संक्लन गर्ने, छुट दिने आय संकलनको प्रसासकिय व्यवस्था गर्न बाछ्निय  भएकोले, नेपालले सरकारको धरा २२८ को उप धारा २ बमोजिम बराहक्षेत्र नगरपालिकाले ११ वटै वडामा व्यबसाय दर्ता घुम्ति शुिविर निरन्तर जारि छ ।

निमित्त प्रशासकिय अधिकृत लिम्बूले सिंहदरबारको अधिकार घरघरमा भने जस्तो नगरपालिकाको सुबिधा घर दैलोमा पुर्याउन  नगरले कार्यलयको चाप कम भएको बेला कुनै बेला पनि  बाकी रहेको बजार  घुम्ती सिविर मार्फत ब्यबसाय दर्ता अभियान  शुरु गर्ने छ । भाद्र ६ गते शुक्रबार देखि संचालन गरेको घुम्ति शिविर शुरुआत  महेन्द्रनगर चक्रघट्टीको बजार  बाट अति प्रवाभकारि भएको थियो । शुरुआत मै १ सय ५० वटा व्यवसाय दर्ता बाट नगरलाऐ १५० लाख राजश्व संकलन भएको थियो ।

अहिलेसम्म करिब शिविरमा ८ सय व्यवसाय दर्ता भएका छन् । व्यवसाय दर्ताबाट व्यवसायी र नगरपालिका लाई दुबै लाई फाइदा हुने उनले बताए । बराहक्षेत्र नगरमा कति किराना पसल सुन चादी पसल औषधि पसल लगायत छन भनेर तथ्यांक कार्यालयमा थिएन । अब भने नगरपालिका भित्र कति वटा पसल दर्ता भए कति छन भनेर सबै थाहा हुने उनले बताए ।

     वराहक्षेत्र नगरपालिकामा धेरै ब्यबसाय आफ्नै ढंगले दर्ता नगरी संचालन भएका हुँदा ब्यबसायी लाई करको दायरामा ल्याउन सिबिर संचालन गर्नु परेको वराहक्षेत्र नगरपालिकाका निमित उप प्रमुख  तथा समयोजक कमला मगरले बताए ।  साथै बिक्रि गर्ने बस्तुहरु पनि गुणस्तरहिन र म्याद नाघेका वस्तुहरु बिक्री भैरहेको आशंका हुँदा बजार अनुगम गरि उपभोक्ताको स्वच्छ बस्तु खान पाउनु पर्ने अधिकार लाई सुनिश्चित गर्दै जनताको स्वास्थ्यमा खेलवाड हुन नदिने उदेश्यले बजार अनुगमन गरिएको उप मेयर मगरले  बताउँछन् ।

 ब्यबसाय दर्ता नविकरणको टोलि गाउँ ( गाउँमा पुर्याउने र साथै सबै ठाउँमा अनुगमनका काम पनि गरिने छ । यस काम बाट नगरपालिकाले बार्षिक ६० लाख सम्म कर उठाउन सक्ने अनुमान गरिएको छ नगर उप प्रमुख मगरले बताए ।  
नगरपालिकाले भदौ १० ,११ र १२ गते नगरका मुख्य बजारहरु चक्रघट्टी बाङ्गे , चतरा , कालाबन्जर र प्रकाशपुर जस्ता बजार अनुगमन गरेको थियो । जसमा धेरै ब्यबसाय बिना दर्ता संचालन गरेको , पेय पदार्थ , भेटेनरी लगायतका बस्तुहरुमा उपभोग्य मिति नाघिसकेको भेटिएका थिए ।

अधिकास्स पसलहरुमा पेय पदार्थमा २र३ महिना सम्म म्याद गुज्रिएकोलाई डिपोज समेत गरिएको थियो हाम्रो अनुगमन टोलीले ।  हरेक ब्यापारीले व्यवसाय दर्ता तथा नवीकरण  नगरि स्थायी लेखा नम्बर पनि प्राप्त नहुने र बैकिङ कारोवार गर्न र थोक  विक्रेताबाट सामान खरिद गर्न पनि अनिवार्य ब्यवसाय दर्ता हुनुपर्ने भएको साथै स्थानीय आर्थिक ऐन वमोजिम दर्ता नगरि पसल ब्यवसाय संचालन गरेमा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना समेत हुने भएकोले सबैले आ(आफ्नो ब्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नु पर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनु कुमार लिम्बुले बताए ।

अबको घुम्ति शिविर र बजार अनुगमन अति कडाइको साथ प्रभाव कारी बनाऐर जाने हाम्रो तयारी हुँदै छ लिम्बूले बताए ।