२०७६ मङ्सिर २२ आइतबार Sunday, December 08

ताजा अपडेट :

Skip Advt.

बालबिबाह न्युनिकरणका लागि युवाहरु संगठित 

बालबिवाह न्युनिकरणसंगै लैगिक हिंसा न्युनिकरण गर्ने अभियान सञ्चालन
image

रेडियो उदयपुर, उदयपुर । बालबिबाह न्युनिकरणका लागि युवाहरु संगठित भएका छन् । उदयपुरको त्रियुगा नगरपालीका भरिका ३२ जना युवाहरुले “नगर युवा महिला क्लव” गठनगरि बालबिबाह न्युनिकरण गर्नका लागि संगठित भएका हुन् ।

 क्लबको अध्यक्षमा ममता भण्डारी, उपाध्यक्षमा अम्बिका राई, सृष्टि खतिवडा, सहसचिबमा सुरक्षा परियार र कोषाध्यक्षमा समिक्षा हमाल चयन भएका छन् ।

 

त्यस्तै गरि क्लबको सदस्यहरुमा क्रमशः रन्जना कार्की, सर्बदा बि.क. अर्चना दनुवार, दिप्ती निरौला, कौशिला पोखरेल, सृजना कार्की, बबिता खड्का, एलिना तिम्सिना, एलिसा भट्राई लगाएत रहेका छन् । 

 

क्लबमा उदयपुर जिल्लाको त्रियुगा नगरपालीका वडानम्बर ४, ५, ६, ७, ८, ९, १४, १६ लगाएत वडाका युवाहरु संगठित भएका छन् ।

“बालबिवाह न्युनिकरणसंगै लैगिक हिंसा न्युनिकरण गर्ने अभियान सञ्चालन गर्ने नगर युवा महिला क्लबका नव निर्वाचित अध्यक्ष ममता भण्डारी ” । 

बालबिवाह न्युनिकरणको लागि किशोरीहरुको नेतृत्व विकास तालीमको आयोजना गरि क्लब गठन गरिएको हो । “नेपाली जुटौ, बालबिवाह रोकौ” भन्ने मुल नाराका साथ असार २० गतेबाट सुरु दिईएको तालीम आईतबार सम्पन्न भएको छ ।

 

उदयपुरमा बढ्दै गईरहेको बालबिबाह, किशोरीहरुको नेतृत्वमा विकास गर्ने उदेश्यले तालीमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष माया भण्डारीले बताउनु भयो ।

 

तालीममा उदयपुरमा भईरहेको बालबिवाहको अवस्था, यसबाट हुने समस्या, बालबिबाह न्युनिकरणका लागि किशोरिहरुको भुमिका, बालअधिकार, यसको कानुनी व्यवस्था तथा नीति, नेपालमा बालअधिकार सम्बन्धि भएका व्यवस्थाहरु, साईबर अपराध, लैगिकता, पितृसत्तता, नेतृत्व शैलिको व्यवस्थापन, किशोरिहरुको नेतृत्वविकास लगाएत विषयमा भिडियो तथा अडियोबाट प्रशिक्षण गराईएको छ ।

तालीममा सहभागी किशोरिहरुले तालीम पश्चात त्रियुगा नगरपालीका भरि बालबिबाह न्युनिकरणको जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने तालीमका सहजकर्ता अप्सरा समालले बताउनु भयो । वहाका अनुसार तालीममा सहभागि किशोरीहरुको नेतृत्वमा नगर स्तरिय किशोरी सञ्जाल समेत गठन गरिनेछ ।

१६ वर्षदेखि २० वर्ष उमेर समुहका ३२ जना किशोरिहरुको सहभागिता

उदयपुरको त्रियुगा नगरपालीका वडानम्बर–९ राजाबास ओरेक भवनमा भएको तालीमको सहजीकरण जिल्ला न्यायाधिश तेजेन्द्र प्रसाद शर्मा, प्रहरी प्रमुख एस.पी बिरबहादुर बुढामगर, ओरेक नेपालका बरिष्ठ कार्यक्रम संयोजक सबिता पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरको डा. दुनियालाल यादव, मानव अधिकार रक्षक भरत खड्का, महिला सशक्तिकरण श्रोतकेन्द्रका कार्यक्रम संयोजक अप्सरा समाल, महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष माया भण्डारी लगाएतले गर्नु भएको थियो ।

त्रियुगा नगरपालीकाको सहयोग, पारालिगत कमिटीको आयोजना र महिला सशक्तिकरण श्रोतकेन्द्र, ओरेक नेपाल र महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुरको सहकार्यमा भएको तालीममा उदयपुरको त्रियुगा नगरपालीका भरिका, ऐरावत सञ्चार समुह र संगम पुस्तकालय गाईघाटका १६ वर्षदेखि २० वर्ष उमेर समुहका ३२ जना किशोरिहरुको सहभागिता रहेको थियो ।

३२ जना युवाहरुले नगर युवा महिला क्लव गठनगरि बालबिबाह न्युनिकरण गर्नका लागि संगठित