२०७६ भदौ ४ बुधबार Wednesday, August 21

ताजा अपडेट :

जाड रक्सी सेवन तथा बिक्री बितरण गर्न रोक

image

डि.एन चौधरी/उदयपुर, जाड रक्सी सेवन तथा बिक्री वितरण गर्न मुसहर बस्तीमा स्थानियले रोक लगाएका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ को बरुवा इट्टा भट्टा नजदिकको मुसहरी टोलमा जाड रक्सी सेवन र बिक्री वितरण गर्न बिहिवारबाट स्थानियले रोक लगाएका हुन । 

 

वडा अध्यक्ष धन बाहादुर दनुवार र अस्थाई प्रहरी पोष्ट चुहाडेका साहयक प्रहरी निरीक्षक राम कुमार श्रेष्ठको रोहवरमा उक्त टोलमा जाड रक्सी बिकी्र वितरणमा रोक लगाएको स्थानिय बस्तीका अगुवा बद्री सदाले बताए । उनले, भने दलित भित्र मुसहर समुदाय धेरै पछाडि परेको समुदाय हो । याहाँका मानिसहरु दिनभरी ज्याला मजदुरमा काम गर्छन् र राती घर फर्के पछी २ किलो चामल,मासु र बाकी पैसाको जाड रक्सी खाएर सक्छन् । रातभरी जाड रक्सी खाएर होहल्ला झैझग्डा गरेर हैरान बनाउछन् ।

 

त्यसैले यस बस्तीमा वडा अध्यक्ष र प्रहरीको रोहवरमा रोक लगाएको बताए । उनले भने, पछिलो समय मुसहर समुदायको यहाँका महिलाहरु पनी मादक पदार्थ सेवन गरेर दिनै झै झग्डा गर्न थाले । झग्डाको कारणले दुई जना युवाहरु आत्म हत्या सम्म गर्न खोजेको र समयमै हामीले थाहा पाउदा उनीहरुको ज्यान बचाएको सदाले बताए । त्यसैले अव देखि यो वस्तीमा मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न नहुने गरी निणर्य गरि रोक लगाएको बताए । अस्थाई प्रहरी पोष्ट चुहाडेका साहयक प्रहरी निरीक्षक राम कुमार श्रेष्ठले मुसहर समुदायमा शिक्षा तथा जनचेतनाको अभावमा यस्ता घटनाहरु भइरहेको बताए । उनले भने, यहाँ जाड रक्सी नियन्त्रणका लागी समिती बनाएको छ । उनीहरुले नियन्त्रण गर्ने छ। श्रेष्ठले,टोल टोल बस्ती बस्तीमा लागुऔषध दुव्र्यसनी विरुध सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने बताए ।

 

वडा अध्यक्ष धन वाहादुर दनुवारले यो मुसहरी टोलमा जाड रक्सी खाएर धरै झै झगडा र मारपिटका घटनाहरु भएको हुनाले यस बस्ती जाड रक्सी बिक्री वितरणमा रोक लगाइएको बताए । वडाले पनी लागु औषध दुव्र्यसनी बिरुधको अभियान चलाइरहेको बताए । छलफलल बाट जाड रक्सी नियन्त्रणका लागी बद्री सदाको नेत्तृवमा ९ सदस्य समिती गठन गरिएको छ । जस्मा उपाध्यक्ष बिनोद बि.क सचिव सन्तोष सदा र सदस्य पुनम सदा लगाएत रहेका छन् । रोक लगाएको मिती देखि पहिलो चोटी मादक पदार्थ सेवन गरेर होहल्ला गरेको पाएमा वा बिक्री बितरण गरिएको पाएमा ५ सय ५१ रुपैया जरीवाना र द्रोश्रो पल्ट पाएमा १ हजार ५१ रुपैया जरिवना तिर्नु पर्ने निर्णय गरिएको समितीका अध्यक्ष सदाले बताए ।