२०७६ मङ्सिर २७ शुक्रबार Friday, December 13

ताजा अपडेट :

Skip Advt.

मुसहर समुदायमा शौचालय प्रगोग बिहिन,खुल्ला रुपमै दिसा 

चर्पी छ तर चर्पीमा न ढोका छ न त छानो नै
image

डिएन चौधरी ,उदयपुर । उदयपुर जिल्ला २०७३ शाल माघ १३ गते खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ ।

त्यसमा पनी त्रियुगा नगरपालिका सविक १४ नम्वर वडा हाल ८ सवै भन्दा पहिला त्रियुगा नगरपालिका भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको वडा हो । तर अहिले तेही वडाका मुसहर समुदायमा शौचालय प्रयोग बिहिन छ । खुल्लै रुपमा दिसा पिसाव गरिरहेका छन् ।

 

चर्पी छ तर चर्पीमा न ढोका छ न त छानो नै केही चर्पीको त रिङग पनि गाडिएको छैन् । बरु त्यस्मा घास,झारपात फोहर मैलाले थुर्पेको छ । उक्त्त समुदायमा ७,८ घर मुसहरजातीको रहेको छ । जसमध्ये ४,५ वटा शौचालयको अवस्था प्रयोग विहिन रहेको पाइयो ।

हामीले चर्पीको अवस्था यस्तो छ कसरी शौच गर्नुहुन्छ ? भन्दा सजिलै जवाफ आयो सरस्वती खोला नजिकै छ । खुल्ला रुपमा दिसा पिसाव गर्दा त कानुनी कारवाही हुन्छ जरिवना तिर्नु पर्छ भन्दा अहिले याहा दुइ वटा चर्पी बनिसकेको छ त्यही समुहिक चर्पी प्रयोग गरिरएको उनिहरुले बताए । त्यस्तै आफुहरु संग पैसा नभएर चर्पी बनाउन नसेको स्थानिय झगरु सदाले बताए । उनले, पहिला पनी चर्पी बनाउने समाग्रीहरु आएको तर सवै अफुहरुले नपाएकोले बनाउन नसकेको बताए।

अहिले पनी जनता आवास कार्यक्रम अन्तर्गत घर सहितको चर्पी आएको छ तर ठेक्दारले घर मात्र बनाइदिएको चर्पी बनाइदेकै छैन सदाले बताए । आफुहरु चर्पी प्रयोग गरे पनी मुसहर समुदायको स्थानियहरुले प्रयोग नगर्दा नजिकैको सरस्वती खोला फोहर हुनुको साथै याहाका फुटवल फिल्ड पनी दुर्गन्धित हुने गरेको स्थानिय हरिनरायण दास चौधरीले बताए । 

 

यता टोल विकास संथाको अध्यक्ष प्रविण प्रसाद चौधरी संग सम्र्पक गर्दा पहिला वडालाई खुल्ला दिसा मुक्त्त क्षेत्र घोषणा गरेको वेला सवैको घरमा चर्पी निमार्ण गरिएको बताए । पछि दाजुभाईहरु छुटिएर बस्दा अहिले यस्तो समस्या आएको हो उनले बताए ।

चर्पी हुनेले पनी चर्पी प्रयोग गरिरहेको छैन उनले बताए । यहाँ चेतना र शिक्षाको अभावमा चर्पी प्रयोग गरिरहेको छैन । बारम्वार सम्झाउदा बुझाउदा पनी खुल्ला रुपमै दिसा पिसाव गरिरहेको छ। हामीले यस समुदायको स्थानियलाई सचेत गराउन धेरै सम्स्या भइरहेको बताए ।

 

अहिले जनता आवास कार्यक्रम अन्तर्गत घर सहितको चर्पी आएको छ तर पनी निर्माण गरेको छैन के भन्नु र खोइ ? चौधरीले भने । फेरी हामी छलफलमा बस्छौ र यो समस्याको न्यनिकरणको लागी पहल गर्छौ चौधरीले बताए ।

 

यता वडा कार्यलय ८ नम्वरमा बुझदा हामीहरु लाई यो बिषयमा थाहा नभएको र भरखर मात्र थाहा पाएको वडा महिला सदस्य कमला बस्नेतले बताइन् । उनले हामी जनप्रतीनिधीहरु आउनु भन्दा अगाडीनै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइसकेकोले समुदायमा चर्पी छैन भन्ने कुरा थाहा नभएको बताइन् । हामीले चर्पीको तथ्याङ्क माग गर्दा  चर्पी नभएको डाटा आएको छैन् ।

 

मुसहर बस्ती वाट मन्दिर निर्माणको लागी माग आएको र हामीले मन्दिर निमार्ण गरिदिएको बताइन् । उनले भनिन्,यो समस्याले हाम्रो वडा हाम्रो गौरव अभियानले सार्थकता नपाउने भएकोले र पुर्ण सरसफाई वडा उन्मुख वडा घोषणा अभियानमा यो समस्याको रुपमा आएको हुदा पहिलो प्राथमिकता शौचालय मर्मत र निमार्णमा ध्यानआकर्षण भएको बताइन् ।

 

यो त्रियुगा ८ को मुसहर वस्ती त उदहारण मात्र हुन् । अझै पनी उदयपुरको अधिकांश दलित बस्तीहरु शौचालय विहिन छन् ।सम्बन्धित निकायहरुले यस बिषयलाई चासोको रुपमा लिई गम्भिरता पुर्वक लाग्न जरुरी देखिन्छ । नत्र खुल्ला दिसा मुक्त्त क्षेत्र उदयपुर नाम मात्र हुनेमा दुई मत  छैन ।