२०७६ असोज २८ मंगलबार Tuesday, October 15

ताजा अपडेट :

Skip Advt.

डेंगुु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम

image

त्रिवेणी एफ.एम/डोटी, डोटिको दिपायल सिलगढी नगरपालिकाले डेंगुु रोग नियन्त्रणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

 

डेंगु भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्ने गरेकाले पूर्व सावधानी अपनाउनको लागि नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । ज्वरो आउने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा डाबहरू आउने र खाने नरुच्न  जस्ता लक्षण देखिएमा डेंगुुको संक्रमण भएको हुनेसक्ने जिल्ला अस्पताल डोटीका डाक्टर भूषण मिश्रले जानकारी दिनुभयो ।

 

सुदूरपश्चिम प्रदेशमा यो रोग नदेखिएको भएपनि पूर्व सावधानी स्वरूप कार्यक्रम गरिएको नगरपालिका स्वास्थ्य संयोजक राजु खड्काले जानकारी दिनुभयो । डेंगुबाट बच्नका लागि पुरै शरिरमा कपडा लगाउने, लामखुट्टेको टोकाईबाट बच्नका लागि झुल भित्र सुत्न चिकित्सकहरुको सुझाव छ  । डेंगुकोे विशेष उपचार नभएपनि बिरामीमा देखिएको लक्षण अनुसार उपचार गरिनडाक्टर मिश्रले बताउनुभयो ।