२०७५ फाल्गुण ६ सोमबार Monday, February 18

ताजा अपडेट :

अन्त्येष्टिका लागि भुजेलामा घाट निर्माण हुँदैं, तीन करोड २५ लाखको लागत

१०० मिटर लम्बाइको शवदाहस्थल निर्माण हुने
image

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ महाकाली नदीको किनार भुजेलामा अन्त्येष्टिका लागि घाट निर्माण गर्न लागिएको छ । शहरी विकास मन्त्रालय सङ्घीय एकाइको रु तीन करोड २५ लाखको लागतमा सो घाट निर्माण गर्न लागिएको हो । 

 



निर्माणको जिम्मा पाएको सनीदेव निर्माण सेवा प्रालिका सञ्चालक देवीदत्त भट्टले डेढ वर्षभित्र शवदाहस्थलको पहिलो चरणको कार्यसम्पन्न गरिने र यस अन्तर्गत १०० मिटर लम्बाइको शवदाहस्थल निर्माण हुने बताउनुभयो ।  नगरप्रमुख सुरेन्द्र विष्टले घाट नहुँदा शव जलाउन ठूलो समस्या थियो भन्नुभयोे । 

 


विसं २०६६ मा गठित सङ्घर्ष समितिले पटक–पटक शवदाह स्थल निर्माणका लागि आन्दोलन गरे पनि कुनै पनि निकायले वास्ता गरेका थिएनन् । उक्त समितिका अध्यक्ष तारादत्त जोशीले एक दशकअघि थालिएको आभियानले सार्थकता पाएकामा खुशी व्यक्त गर्नुभयो ।