२०७६ असार १२ बिहीबार Thursday, June 27

ताजा अपडेट :

दलितका हक अधिकारहरु सुनिस्चि तगर्नका लागि संबिधान कार्यान्वयन आवस्यक

दलित माथिहुने विभिन्न खाले शोषणभईरहेको
image

दाङ, संघीय गणतान्त्रिक संबिधानमा सुनिस्चित गरीएका संबिधान प्रदत्त हक तथा आधिकारहरुको  निसर्त कार्यान्वयनले दलितका हक अधिकारहरु स्थापित गर्नै एक कार्यक्रमका वक्ताहरुले बताएका छन्  ।

 

 

परियार सेवा समाज  जिल्ला कार्यसमिति दाङले शनिबार घोराहीमा आयोजित संघीय संरचनामा परियारहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ःने वक्ताहरुले जोड दिएका हुन् ।

 

 

सदिऔं देखि दलितहरुमाथि सामाजिक, साँस्कृतिक,राजनैतिक तथा आर्थिकरुपमा शोषण गरीएको भन्दै देश संघीय संरचनामा गईसकेपछि पनि दलित माथिहुने विभिन्न खाले शोषणभईरहेको भन्दै परियार सेवा समाजका केन्द्रिय महासचिव धर्म रणपालले शासक , शत्ता र व्यवस्था बदलिएपनि सोंच नबदलिंदा समस्या ज्यूँका त्युँ भएको दावि गर्नुभयो ।

 

 

“संबिधान प्रदत्तअधिकारहरुको कार्यन्वयन ने आजको प्रधान आवस्यक्ता हो” केन्द्रिय महासचिव धर्म रणपालले भन्नुभयो । जिल्ला भरीका परियार सेवा समाजमा आबद्ध नेता तथा कार्यकर्ता एवं सर्बसाधारणहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका निबर्तमान जिल्ला सचिव कमल किसोर घिमिरेले नेपाली काँग्रेसले सबै प्रकारका दलितमाथीहुने विभेदहरु अन्त्य गर्ने कानुनहरु तथा अभियानहरु संचालन गरेको ईतिहाँस रहेको भन्दै घिमिरेले सबै मिलि कानुन कार्यान्वयनको पक्षमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

 

 

कार्यक्रमका विसिस्ट अतिथी समेत रहनुभएका घिमिरेले   समुदाय विच समन्वय र सहकार्य आवस्यक रहेको औंल्याउनुभयो दलित क्षेत्रमा विसिस्ट योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको कार्यक्रममा नेपाली काँग्रेसका साविक क्षेत्र नं ३ का उपसभापति भगत सिंह भण्डारी, नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष तथा कानुन व्यवसायी प्रदिप गौतम, तुलसिपुर उपमहानगरपालिका मेयर पदका प्रत्यासी देविका नेपाली, शान्तिनगर गाँउपालिका उपप्रमुख पदका प्रत्यासी तथा दलित महिला आधकारकर्मी राधिका परियार, परियार सेवा समाजका केन्द्रिय सदस्य सुरेन्द्र परियार, जिल्ला सदस्य सन्तोष परियार, सल्लहकार यमराज परियार, सिता परीयार, क्षेत्र नं १ का सभापति ठगेन्द्र परियार, क्षेत्र नं २ का सभापति लिला नेपाली, सल्लहकार कमला परियार ले मन्तव्य व्यक्त गनुभएको अन्तरकृया कार्यक्रमको निस्कर्ष कानुन कार्यान्वयननै दलित समानताको आधार भएको दावि गरीएको थियो । कार्यक्रमा पत्रकार महासंघ दाङका  कार्यसमिति सदस्य जनक नेपाली दलित सेवा संघका कार्यक्रम संयोजक तथा दलित अधिकारकर्मी छवि परियार ले दलित आन्दोलनका बारेमा बोल्नुभएको थियो ।

 

 

परियार सेवा समाजका जिल्ला अध्यक्ष केसव नेपाली (परियार)को सभाअध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा लामो समय देखि दलितहरुको हक अधिकारका लागि योगदान दिएको भन्दै देविका नेपाली, राधिका परियार, सैघाली मिडिया ग्रुपका अध्यक्ष यादव प्रशाद सुनार “सैघाली” , प्रदिप गौतम, दलित सेवा संघका कार्यक्रम संयोजक तथा दलित अधिकारकर्मी छवि परियार र तिला परियारलाई सम्मान गरिएको थियो ।

 

 

कार्यक्रमको सहजिकरण परियार सेवा समाजका जिल्ला सचिव तुलाराम नेपाली र समाजकै प्रेस सल्लाहकार बिष्णकुमार देवकोटाले गर्नुभएको थियो ।