२०७६ असार १२ बिहीबार Thursday, June 27

ताजा अपडेट :

सुचना केन्द्र द्धारा भिमदत्तनगरपालीकाका ५ वटा वडामा प्रचारप्रसार कार्यक्रम सम्पन्न 

भिमदत्तनगरपालिकाको वडा नम्बर १९ बाट शुभारम्भ
image

भिमदत्तनगर, भिमदत्तनगरपालिकाका विभिन्न स्थानहरुमा रोजगार सूचना केन्द्र  को आयोजनामा ‘रोजगार मेला २०७५’ शुरु भएको छ । सुदुरपश्चिम प्रदेश रोजगार प्रर्वद्धन तथा गरिबी न्युनिकरण उपशाखा (रोजगार सूचना केन्द्र) ले गत साताको शुक्रबारबाट भिमदत्तनगरपालिकाको वडा नम्बर १९ बाट शुभारम्भ  गरेको उत्त मेला आईतबार भिमदत्तनगरपालीका अन्य ४ वडामा पनि सम्पन्न गरेको हो । 

 


मेला कार्यक्रमका सञ्चालक तथा  रोजगार सुचना केन्द्रका नायव सुब्वा मनोज प्रशाद भट्टका अनुसार आईतबार भिमदत्त नगरपालीका वडा नम्बर १८ , १५ , २  र ४ वडाहरुमा कार्यक्रम सम्पन्न गरिएको बताए । उनले रोजगार सुचना केन्द्रको बारेमा उत्त वडाहरुका जनप्रतिनिधि तथा बेरोजगारहरु सँग छलफल गरिएको बताए ।  उनका अनुशार उक्त अभियान भिमदत्तनगरपालीकाका सबै स्थानीय तहमा पुर्याउने तयारी भएको छ । 

 


आईतबार वडा नम्बर १८ मा सम्पन्न कार्यक्रमका सभापति भिमदत्त नगरपालीकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष राजेन्द्र पाण्डे रहेका थिए । उनले रोजगार सूचना केन्द्र भिमदत्तनगरपालिकामा समाहित भएको २ महिना मात्रै बितेको भन्दै यसले नगरपालिका भित्र रहेका बेरोजगारहरुलाई रोजगारी तर्फ केन्द्रीत गर्ने विश्वास व्यक्त गरे । वडा नम्बर १८ मा रहेका बेरोजगारहरुको लगत सँकलन गरि उनिहरुलाई रोजगारी तर्फ धकेल्नेमा उनले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा भिमदत्तनगरपालीकाका प्रशासकिय अधिकृत हरि सिह धामिले रोजगार सुचना केन्द्रको अवस्थाबारे प्रकास पार्दै नगरपालीकामा समाहित भएको प्रति खुसि व्यक्त गरेका छन् । उनले नगरपालीकाले पनि बेरोजगारहरुको तथ्याङक सँकलन गर्नै स्मरण गराउदै बेरोजगारहरुलाई यसमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

 


रोजगार सुचना केन्द्रले भिमदत्त नगरपालीकाको वडा नम्बर १५ मा पनि रोजगार मेला  सम्पन्न गरेको जनाएको छ । रोजगार सुचना केन्द्रका नायव सुब्बा मनोज प्रसाद भट्टले वडा नम्बर १५ का जनप्रतिनिधि तथा बेरोजगार हरुसँग छलफल गरि रोजगार सुचना केन्द्रको बारेमा अबगत गराएको बताए । 

 


वडानम्बर १५ मा गरिएको कार्यक्रमका सभापति वडा अध्यक्ष भिमबहादुर साहु रहेका थिए । सभापति साहुले रोजगार सुचना केन्द्रले यसरी वडावडाहरुमा गई प्रचार प्रसार गरि वेरोजगारहरुको तथ्याङ्क सँकलन गरिरहेको प्रति खुसि व्यक्त गर्दै आगामिदिनमा वडा मा रहेका बेरोजगारहरुलाई रोजगारी दिलाउन पनि अहम भुमिका खेल्नुपर्नैमा जोड दिएका छन् । 

 


नायव सुब्बा भट्टका अनुशार भिमदत्त नगरपालीकाको वडा नम्बर २ र ४ मा पनी रोजगारमेला सम्पन्न गरिएको छ । वडा नम्बर २ मा सँचालीत कार्यक्रमका सभापति वडा अध्यक्ष डम्बर बहादुर कार्कि रहेका थिए । उनले वडाका बासिन्दा हरुलाई खालि नबस्न आग्रह गर्दै केहि न केहि सिपमुलक तालीम लिन आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै भिमदत्तनगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम राज जोसिले अब बैदेशिक रोजगार मोह त्याग्नुपर्ने बताउदै स्वरोजगार बन्न आग्रह गरेका छन् । उनले नगरपालीकाबाट हुने प्राबिधिक सहयोगका लागि आफुहरु सधैब तयार रहेको बताए । नायव सुब्बा भट्टका अनुशार आजै वडा ४ मा पनि रोजगारमेला सम्पन्न भएको जानकारी दिएका छन् । उनले भिमदत्त नगरपालीकाका १९ वटै वडा हरुमा रोजगारसुचनाकेन्द्रको बिषयमा जानकारी गराउने उदेस्यले कार्यक्रम सँचालन गरिने बताउदै अहिले सम्म ५ वटा वडाहरुमा कार्यक्रम सम्पन्न गरीसकेको बताएका छन् ।

 


 वडा ४ मा गरिएको कार्यक्रमका सभापति वडा अध्यक्ष लक्ष्मीदत्त बोहरा रहेका थिए भने प्रमुख अतिथीमा भिमदत्तनगरपालीकाका निमित्त प्रमुख प्रसाकिय अधिकृत पदम राज जोसि रहेका थिए । गत साताको शुक्रबार बाट सुरु भएको रोजगार मेलाको उद्धघाटन भिमदत्त नगरपालीकाका नगरप्रमुख सुरेन्द्र बिष्टले वडा नम्बर १९ को कार्यालयमा मेला कार्यक्रमको उद्धघाटन गरेका थिए । 

 


रोजगार सूचना केन्द्र नेपाल सरकारको मन्त्री परिषद्को निर्र्णय अनुसार सिप विकास तालीम केन्द्र भिमदत्तनगरपालीकामा समाहित रहेको बताउदै कार्यक्रम सञ्चालक भट्टले उक्त मेला सबै वडाहरुमा लैजाने कार्यक्रम रहेको बताएका छन् । उनले वडा नम्बर १९ बाट शुरु भएको योजना वडा नम्बर १ मा पुगेर समाप्त गरिने योजना रहेको बताएका छन् ।