२०७५ फाल्गुण ६ सोमबार Monday, February 18

ताजा अपडेट :

रोजगार सुचना केन्द्र भिमदत्तनगरपालीकाको रोजगारमेला सुरु

मेलाको सुभारम्भ
image

रोजगार सुचना केन्द्र भीमदत्तनगरपालीका नगरकार्यपालीकाको रोजगार मेला २०७५ सुरु भएको छ । सुदुरपश्चिम प्रदेश रोजगार प्रर्वद्धन तथा गरिबी न्युनिकरण उपशाखा ( रोजगार सुचना केन्द्र ) को मेला भिमदत्तनगरपालीका स्थानियतहबाट शुक्रबाट बाट सुरु भएको हो । 

 


रोजगार सुचना केन्द्रले शुक्रबार भिमदत्तनगरपालीका वडा नम्बर १९ को वडा कार्यालयबाट मेलाको सुभारम्भ गरेको कार्यक्रम सँचालक तथा रोजगार सुचना केन्द्र भिमदत्तनगरपालीका साखाका नायव सुब्वा मनोज प्रशाद भट्टले जानकारी दिए । वडा नम्बर १९ को कार्यालयमा उद्धघाटन गरिएको कार्यक्रमका प्रमुख अतिथि भिमदत्तनगरपालीकाका नगरप्रमुख सुरेन्द्र बिष्ट रहेका थिए ।

 

 

उनले रोजगार सुचना केन्द्र भिमदत्तनगरपालीकामा समाहित भएको २ महिना मात्रै बितेको बताउदै यसले नगरपालीका भित्र रहेका बेरोजगारहरुलाई रोजगारी तर्फ धकेल्नेमा विस्वास दिलाए । नगर प्रमुख बिष्टले वडा नम्बर १९ आफैमा सुन्दर  क्षेत्ररहेको बताउदै वडाको विकासका लागि नगरपालीकाले आवस्यक बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

 

कार्यक्रमका सभापति वडा नम्बर १९ का वडा अध्यक्ष दामोदर महरा रहेका थिए । भने कार्यक्रमको बिशिष्ट अतिथिमा भिमदत्तनगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम राज जोसि रहेका थिए । 

 


रोजगार सुचना केन्द्रले नेपाल सरकार मन्त्री परिसदको निर्र्णय अनुशार सिपबिकास तालीम केन्द्र भिमदत्तनगरपालीकामा समाहित रहेको बताउदै कार्यक्रम सँचालक तथा नायव सुब्बा भट्टले नगरक्षेत्रमा भएका बेरोजगारहरुको लगत सँकलन गर्दै  उनिहरुलाई रोजगार तर्फ धकेल्नमा सघाउ पु¥याउने बताए । उनले शुक्रबाट बाट सुरु भएको रोजगार मेला भिमदत्तनगरपालीकाका सम्पुर्ण वडाहरुमा गई अन्त्यमा वडा नम्बर १ मा समाप्त गरिने योजना रहेको बताएका छन् ।

 

 

कार्यक्रममा भिमदत्तनगरपालीका वडा नम्बर १९ का स्थानियजनप्रतिनिधि लगायत , पत्रकारहरुको उपस्थिति रहेको थियो ।