२०७६ मङ्सिर २४ मंगलबार Tuesday, December 10

ताजा अपडेट :

Skip Advt.

पहलमानपुर वजारको नयाँ कार्य समितिद्धारा वजारको फोहर व्यवस्थापन तथा ढल निकास पहिलो एजेन्डा 

नयाँ कार्य समितिद्धारा वजारको फोहर व्यवस्थापन तथा ढल निकास पहिलो एजेन्डा 

विवश चौधरी मंसिर १७१६ गते पहलमानपुर कैलाल्ी पहलमानपुरमा अहिले देखिएको जलदो बल्डो समस्याको रुपमा देखिएको वजारको फोहर, ढल निकास नभएर वजार नै दुर्गन्धित बन्दै गैरहेका छ । फोहरले गदो पहलमानपुर वजारको सौन्दर्यता माथी प्रश्न चिन्ह उठन लागेको वेला हिजो मात्रै सम्पन्न भएको साधरण सभावाट गठन भएको नयाँ कार्य समितिले सवै भन्दा पहिले वजारको फोहर व्यवस्थापन र ढल निकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रविद्धता जनाएको छ ।

आज रेडियो मनको मझेरीको विषेश सम्वादमा कुराकानी गर्दै यस्तो प्रतिवद्धा जनाउनु भएको छ। घोडाघोडी नगरपालिकाले पहलमानपुर वजारवाट निस्कने फोहरलाई पहिले उठाउने गरे पनि अहिले फोहरलाई नियमित नउठाए पछि दैनिक रुपमा वजार दुर्गन्धित बन्दै गैरहेका अवस्थामा पहलमानपुर वजार व्यवस्थापन समितिले आफैले उठाउने बताएको छ ।

कैलाली जिल्लाको मध्यर्वी क्षेत्रमा रहेको सवै भन्दा पुरानो वजार पहलमानपुर भए पछि पछिल्लो अवस्वथामा वजारको खासै बृद्धि बिकास नभएको जनजुनासो र चासोको विषय बने पछि नयाँ समितिले अव भने यस वजारको व्यवस्थापनमा पहलकमी गर्ने बताएको छ । यसै सन्दर्भमा हामीले पहलमानपुर वजार व्यवस्थापन समितिका अध्यक्ष विजय स्वारसंग कुराकानी गरेका छौ सुनौ उहाँसंग गरेको कुराकानी