२०७६ मङ्सिर २४ मंगलबार Tuesday, December 10

ताजा अपडेट :

Skip Advt.

कैलालीमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी

बच्चाले आगो खेलाउँदा घरमा आगलागी
image

विवश चोधरी/कैलाली,  कैलालीको घोडाघोडी– ७ करैचामा नरेन्द्रसिंह धामीको घरमा आगलागी भएको छ। बच्चाले चुलोमा बालेको आगो खेलाउँदा आगलागी भएको जनाइएको छ।

 

आगलागीबाट खरले छाएको काठको चार कोठे घर पुर्णरुपमा ध्वस्त भएको छ। आगलागीबाट घरभित्र रहेको अन्न, भाडावर्तन, लत्ताकपडा लगायतका समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

 

आगलागीबाट कुनै मानविय क्षति भने नभएको उनले बताए।