२०७६ मङ्सिर २४ मंगलबार Tuesday, December 10

ताजा अपडेट :

Skip Advt.

थारु परमपरा अनुसार लवाङगी पुजामा घोडाघोडीमा ६ सय कुखुरा र साठ्ठी बोकाको बली दिदै सम्पन्न 

लवाङगी पुजामा घोडाघोडीमा ६ सय कुखुरा र साठ्ठी बोकाको बली दिदै सम्पन्न 
image

विवश चौधरी/कैलाली, कैलालीको घोडाघोडी मन्दिरमा आईतबार बिहान पशु पंक्षिको बलि दिईएको छ । लवाङ्गी पुजाको अवसर पारी घोडाघोडी मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ ।

 

यस मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानविय क्षेती गर्ने, संकट आईपर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका सहायक गुरुवा परशुराम कठरियाले बताए ।

 

यो अवसरमा मन्दिरमा भाकल गरेका तथा नगरेका मानिसहरुले गाँउ–गाँउबाट कुखुरा, बोका, सुंगुर लगायतका पशु पंक्षिहरु मान्दिरमा चढाउने गरिन्छ  । बिगतमा थारु समुदायले मात्रै पुज्ने तथा बलि दिने गरेको भए पनि यस पुजालाई पछिल्लो समय अन्य समुदायले पनि आत्मसाथ गर्ने गरेका छन ।

 

समुदायको यस्तो सहकार्यले आपसी भाईचाराको सम्बन्ध कायम हुने तथा समाजिक सद्भाव समेत मजबुत हुदै गएको थारु समुदायका अगुवा जगराम चौधरीले बताए ।

 

बलि ब्यवस्थापनको जिम्मेवारी पाएका रुपलाल डगौंराका अनुसार यस वर्ष घोडाघोडी मुख्य मन्दिरमा ६ सय कुखुरा, साठ्ठी बोका र २ वटा सुंगुरको बली चढाईएको छ ।