२०७६ मङ्सिर २४ मंगलबार Tuesday, December 10

ताजा अपडेट :

Skip Advt.

पहलमानपुर वजारको आम भेला तथा साधरण सभा सम्पन्न । 

आम भेला तथा साधरण सभा सम्पन्न । 

विवश चौधरी/कैलाली, कैलालीको घोडाघोडी १० पहलमानपुर वजारको आम भेला तथा साधरण सभा आज सम्पन्न भएको छ । पहलमानपुर वजार व्यवस्थापन समितिका अध्यक्ष निरक बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष भीम बहादुर बम रहनु भएको थियो भने विशिष्ट अतिथि घोडाघोडी उद्योग वार्णिज्य संघका अध्यक्ष जीया लाल आचार्य, पहलमानपुर सामुदायिक वन समन्वय समितिका अध्यक्ष पुष्कल बहादुर बम रहनु भएको थियो ।

 

पहलमानपुर वजार व्यवस्थापन समितिको कोषाध्यक्ष माया ज्ञावलीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा समाज सेवी विजय स्वार, लक्षमण शाही, कान्ती माध्यमिक विद्यालयका शिक्षक नर बहादुर देउवा घोडाघोडी उद्योग वार्णिज्य संघका महा सचिव धिरेन्द्र कठायत लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

 

यस्तै आजै पहलमानपुर वजारको उचित विकासका लागि वजारको फोहर व्यवस्थापन, सडक सौर्य बत्ती, वडा व्यवस्थित वजार व्यवस्थापन, शान्ती सुरक्षा, का साथै वजार समितिलाई घोडाघोडी उद्योग वार्णिज्य संघमा समायोजन गर्ने कि अलग समिति गठन गरि दर्ता गर्ने लगायका विषयमा बृहत छलफल भएको छ । पहलमानपुर वजारको आम भेला सामुदायिक वन समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ ।