२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

महायज्ञको पहिलो दिनमै १५ लाख दान प्राविधिक शिक्षा संचालनका लागि कैलारी ८ पृथ्वीपुरमा रहेको लक्ष्मी मा.वि.मा ज्ञान महायज्ञको सुदुर पश्चि प्रदेश सभा सदस्य विरमान चौधरीद्धारा सम्घाटन

पहिलो दिनमै १५ लाख दान प्राविधिक शिक्षा संचालनका लागि कैलारी ८ पृथ्वीपुरमा रहेको लक्ष्मी मा.वि.मा ज्ञान महायज्ञको सुदुर पश्चि प्रदेश सभा सदस्य विरमान चौधरीद्धारा सम्घाटन
image

विवश चौधरी कार्तिक २२ गते पहलमानपुर, कैलाली कैलारी गाउँपालिका वडा नं. ८ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञको आज उद्घाटन  भएको छ । आज एक औपचारिक कार्यक्रमको विच सुदुर पश्चिम प्रदेश कैलाली निर्वाचन  क्षेत्र नं. ३ क प्रदेश सभा सदस्य विरमान चौधरीले भव्य समारोह विच उदघाटा गर्नु भएको छ ।

लक्ष्मी माध्यमिक विद्यालयको प्राविधिक शिक्षाका संचालन तथा शैक्षिक गुणस्तर सुधारका लागि महायाज्ञ संचालन गरिएको आयोजकले बताएको छ ।आज  देखि संचालन शुरु धार्मिक तथा सांस्कृतिक ज्ञान महायज्ञ उदघाटन कार्यक्रमका सभापति महायज्ञ संचालक मुल समितिका संयोजक सोनु राम चौधरीको सभापत्विमा भएको भने कार्यक्रममा प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य विरमान चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथि प्रमुख कथा वाचक अन्तराष्ट्रिय कथा वाचक भागवत पण्डित नरेश नेपाल महाराज जी, कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष दुखीराम चौधरी, लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति खेमराज चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष लौटन राम चौधरी, प्रधानाध्यापक शंकर प्रसाद चौधरी, वडा सदस्य तारामल कठरिया लगायतका रहनु भएको थियो ।

आज देखि शुरु भएको संगितमय महायज्ञमा यज्ञ स्थलवाट राजजानकी मन्दिर परिसर समम वाजागाजा सहित कलश यात्रा निकालियोको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधार एवं प्राविधिक शिक्षा सञ्चालनको लागि शैक्षिक धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले रेडियो मनको मझेरी लाई जानकरी दिएको छ। उदघाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएको  प्रदेश सभा सदस्य विरमान चौधरीले यस विद्यालयको प्राविधिक शिक्षा संचालनका लागि प्रदेश सरकारवाट सदैव सहगोगको प्रतिवद्धाता जाहेर गर्दै नगद ८ लाख यसै आर्थिक वर्षमा कार्यन्वयन हुने र भौतीक पूर्वधार निर्माणका लाष् िआउदो आर्थिक वर्षमा वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कार्तिक २२ गते देखि संचालन भएको महायज्ञ २९ गते समापन हुने छ । महायज्ञमा प्रत्येक दिन बिहान ५ वजे देखि ६ वजे सम्म योग विज्ञान शिविर संचालन हुने ६ वजे देखि पुजापाठ तथा धार्मिक कार्य रहने आयोजकले जनाएको छ। भने लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा प्राविधिक शिक्षा इलेक्ट्रीक सवअ‍ेभर सियर कक्षा संचालनको लागि महायज्ञ गरिएको हो । उक्त कार्यक्रममा रेडियो मनको मझेरी अफिसियल मिडिया समेत रहेको छ ।