२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

प्राविधिक शिक्षा संचालनका लागि लक्ष्मी मा.वि.मा भोली देखि ज्ञान महायज्ञ शुरु हुदै

लक्ष्मी मा.वि.मा भोली देखि ज्ञान महायज्ञ शुरु हुदै
image

विवश चौधरी कार्तिक २१ गते पहलमानपुर, कैलाली कैलारी गाउँपालिका वडा नं. ८ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञ भोलीवाट शुरु हुने भएको छ ।विद्यालयको शैक्षिक गुणस्तर सुधार एवं प्राविधिक शिक्षा सञ्चालनको लागि यहि कार्तिक २२ देखि शैक्षिक धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञ २०७६ सञ्चालन हुने भएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार एवं प्राविधिक शिक्षा सञ्चालनको लागि ज्ञान महायज्ञ संचालन गर्न लागेको आयोजक मुल समारोह समितिका अध्यक्ष सोनु् राम चौधरीले बताउनु भएको छ ।भोली देखि संचालन हुने महायज्ञको तयारी अन्तिम पुरा भएको महायज्ञको मुल समारोह समितिले रेडियो मनको मझेरीलाई जानकारी दिएको छ । महायज्ञमा आउने भक्तजन एवं श्रद्धालु भक्तजनहरुको स्वागत का लागि गेट निर्माण, उचित शौचालय, खानेपानी, गाडीके पार्कीङ, शान्ति सुरक्षा लगायतक मजा मिलाएको बताइ्एको छ ।

महायज्ञ सञ्चालन तथा व्यवस्थापनको लाग मुल समिति अन्तरगत टमान १८ ठो उपसमिति समेत गठन गरिएको जनाइएको छ ।  ज्ञान महायज्ञमा कथा वाचक भागवत मधुकर अन्तराष्ट्रिय कथा वाचक पण्डित नरेश नेपाल महाराजजीवाट प्रवचन हुने  जनाइएको छ । महायज्ञमा पहिल दिन यज्ञ स्थल देखि रामजानकी मन्दिरको प्राङगणसम कलश यात्रा हुुइना जनाइल बा ।बाजागाजा सहितके कलश यात्रा गरिने लक्ष्मी माध्यमिक  विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खेमराज चौधरी बताउनु भएको छ ।

ज्ञान महायज्ञमा प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजेसम योग विज्ञान शिविर, बिहान ६ वजे देखि साँझ ७ बजेसम १००८ सालीग्राम पुजा अर्चना एवं परिकर्मा, बिहान ७ः३० बजे दिउसो १२ बजेसम पुजा पाठ परायण र दिउसो १२ बजे देखि साँझ ५ बजेसम राष्ट्रिय कलाकार एवं व्यासजीसे संगितमय कथा प्रवचन सहित झाँकी एवं लिला प्रत्येक दिन हुने आयोजकले जनाएको छ ।