२०७६ मङ्सिर २८ शनिबार Saturday, December 14

ताजा अपडेट :

Skip Advt.

अछामको एक विद्यालय भवनमा आगलागी

image

साउन २७,
अछामको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको भवनमा आगलागी हुदा भवन पूर्णरुपमा जलेर जष्ट भएको छ। विद्यालयको पूरानो टिनले छाएको दुई कोठे भवनमा बाच्कोटमा निमार्णधिन नेपाल टेलिकम टावरको सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको थियो।

आइतबार दिउँसो करिब २ बजे तिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सोलार ब्याट्रीहरुमा सूचालक वस्तु खस्न गई नेगेटिभ र पोजेटिभ टर्मिनल जोडिँदा आगलागी भएको हो।

आगलागीले विद्यायलयका कागजातहरु जलेर नष्ट भएका छन्। प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।