२०७६ असोज २७ सोमबार Monday, October 14

ताजा अपडेट :

Skip Advt.

आमाको लागि भैंसी भयो काल : भैंसीका लागि आमाको हत्या, छोरा पक्राउ

भैंसीका लागि आमाको हत्या
image

वीरगञ्ज, असार २५ गते । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा एकजना युवकले आफ्नी आमालाई लखेटेर हत्या गरेका छन् । आफूलाई नसोधी भैंसी बेचेको निहुँमा छोराले आमालाई लेखेटेर हत्या गरेको प्रहरीले जनाएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ रामगढवाको नयाँवस्तीमा घर भएक २ वर्षिय गुड्डु यादवले आफ्नी ४० वर्षिया आमा शोभा देवीको फलामको रडले प्रहार गरी हत्या गरेका छन् ।

शोभा देवीले पालेकी भैंसी बेचेकी छन् ।भैंसी बेचेपछि गुड्डुले आफूसित नसोधी भैंसी किन बेचेको भन्दे आमासँग मंगलवार मध्यान्ह विवाद गरेका थिए ।विवादको क्रममा आक्रोशित बन्दै गएका गुड्डुले आमालाई फलामको धारिलो रडले आक्रमण गरे ।आमा भाग्न थालिन् ।तर उनले लखेट्दै सडकमा पुगेपछि रड प्रहारगर्दै हत्या गरे । यादवका छिमेकीहरुका अनुसार निकै बेर आमा र छोरामा जोडजोडले भनाभन भइरहेको थियो ।त्यसपछि आमा रुँदै भागेको र छोराले आक्रमण गरेको उनीहरुले जनाए ।आमालाई लखेट्दै आक्रमण गरेकाले तत्कालै बचाउन नसकिएको छिमेकीहरुले सुनाए ।

प्रहरीका अनुसार शोभा देवीको घाँटी र अनुहारमा धारिलो रडले प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।शोभा देवीको हत्या गरे लगतै स्थानीयको सहयोगमा प्रहरीले गुड्डुलाई तत्कालै पक्राउ गरे ।आमाको हत्या गरेपछि गुड्डु भाग्ने तरखरमा रहेको बताउँदै स्थानीय बासिन्दाहरुले तत्कालै प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेका प्रहरीले उनलाई पक्राउ गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले पक्राउ परेका गुड्डु यादवलाई आवश्यक सोधपुछ भइरहेको बताउँदै उनलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको बताए ।प्रारम्भिक अनुसन्धानमा भैंसीको बिक्री गरिएको विवादकै कारण गुड्डुले आमाको हत्या गरेको डीएसपी शर्माले जनाए । शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको बताउँदै उनले पोष्टमार्टमपछि शव परिवारजनलाई दिने बताए । जनकपुर टुडे बाट