२०७६ असार ३१ मंगलबार Tuesday, July 16

ताजा अपडेट :

जीप दुर्घटनामा बेपत्ता उपाध्यक्षको शव २२ दिन पछि कर्णाली नदीमा भेटियो

image

हुम्ला, खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनीमा भएको जीप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालको शव २२ दिनपछि फेला परेको छ । सर्केघाड गाउँपालिका ४ साँयाको नागरा स्थित कर्णाली नदीको किनारमा हिजो बिहान ११ बजेतिर उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ति मगरले पुष्टि गर्नु भएको छ ।

 

शव फेला परेको खबर पाउनासाथ हेलिकप्टरबाट सो स्थानमा पुग्नुभएका प्रहरी प्रमुख मगरले कर्णाली नदीमा भेटिएको शव उपाध्यक्ष सिन्धु शाही हमालका श्रीमान धिरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको बताउनुभयो ।

 

आफन्तले शव उपाध्यक्षकै भएको भनेर पहिचान गरेपछि सँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डा. दुर्गा सुर्खाली, प्रमूख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख रामप्रसाद घर्ति मगरको संयुक्त टोलीले कानुनी प्रक्रिया पु¥याएर शव आफन्तलाई हस्तान्तरण गरेको छ ।

 

गत असार ३ गते सिमकोटदेखि यांचुकुनातर्फ जाँदै गरेको जीप खार्पुनाग गाउँपालिकाको बेडुबिसौनामा दुर्घटना हुँदा उपाध्यक्ष सिन्धु शाही हमाल सहित ११ जना कर्णाली नदीमा बेपत्ता भएका थिए । वेपत्ता भएका १० जनाको शव अझै फेला परेको छैन ।