२०७६ असोज ४ शनिबार Saturday, September 21

ताजा अपडेट :

Skip Advt.

ओली र मोदीले गरे ‘भिडियो कन्फरेन्स’मार्फत पेट्रोलियम पाइपलाइन उदघाटन

image
काठमाडौँ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज समुद्घाटन गरिएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरे । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ ।

मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

ओली र मोदीले रिमोट थिचेर गरे पेट्रोल पाइपलाइनको उद्घाटन (भिडियो) SHARES Facebook235 Twitter Email PrintFriendly Share थाहा संवाददाता | ३३ मिनेट अघि भदौ २४, २०७६ काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका छन्। प्रधानमन्त्रीद्वय ओली र मोदीले मंगलबार क्रमशः काठमाडौंको सिंहदरबार र दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रम पछि भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले आजबाट नै नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको जानकारी गराएका थिए। ओलीले भने, 'ट्रेड र ट्रान्जिटलाई ध्यानमा राखेर गरिएको यो महत्वपूर्ण परियोजना हो। यसलाई कार्यान्वनमा ल्याउनका लागि भारत सरकार र प्रधानमन्त्री मोदीले खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु।' भारतले नेपालमा विभिन्न परियोजना संयुक्त रूपमा निर्माणका लागि अगाडि बढाएको र तिनलाई सम्पन्न गर्नका लागि भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीले मोदीलाई आग्रह गरेका थिए। उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए। जवाफमा मोदीले नेपाल- भारत सम्बन्ध बलियो बनाउनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका थिए। उनले भने, 'हाम्रो साझेदारी अझ बलियो बनाउने र नयाँ नयाँ क्षेत्रमा लगानी गर्नका लागि हामी एकसाथ छौँ। विभिन्न परियोजना समयमा पूरा गर्नमा हामी दुवै सरकारको प्राथमिकता रहेको छ। यो परियोजना अहिले सम्पन्न भएको छ र आगामी दिनमा बाँकी काम सम्पन्न हुनेछन्।' मोदीले थपे, 'यो दक्षिण एसियाको पहिलो सीमापार पेट्रोलियम लाइन हो। यो परियोजना समयसीमाभन्दा पहिले नै सम्पन्न भएकोमा नेपाल सरकारको नेतृत्व र हाम्रो संयुक्त प्रयासबाट भएको हो।' यो परियोजना सम्पन्न भएकोमा आफूलाई खुसी लागेको मोदीले बताएका थिए। 'यो काम नेपालको सामान्य नागरिकको भलाईको लागि भएको हो। यसमा हामीलाई साँक्षी र भागीदार बन्ने मौका मिलेकोमा सन्तोष मिलेको छ', मोदीले भने। मोदीले नेपालमा विविध क्षेत्रमा साझेदारी बढाउन आफू र भारत सरकार तयार रहेको बताएका थिए। उनले नेपालमा लगानी गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए। उनले नेपाल-भारत सम्बन्धको आधार जनता भएको र राजनीतिक तहमा पनि अभूतपूर्व सम्बन्ध रहेको बताएका थिए। प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै मोदीले आफू छिट्टै नेपाल आउन चाहेको पनि बताएका थिए।
Read more at: https://thahakhabar.com/news/79000