२०७६ असोज ४ शनिबार Saturday, September 21

ताजा अपडेट :

Skip Advt.

नौखरी सामुहिक वलात्कार काण्ड

पक्राउ परेका नाबालक लाई सुधार गृहमा पठाउन आदेश

प्रभु समाचार, झलारी, २४ भदौ । जर्वजस्ती करणीको अभियोगमा पक्राउ परेका दुई बालकलाई जिल्ला अदालत कञ्चनपुरले बाल सुधार गृहमा राख्ने आदेश दिएकोछ ।  गत २०७६ सावन ३० गते गाउंकै एक विवाहित १७ वर्षिया यूवतीलाई जर्वजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका शुक्लाफाँटा नगरपालिका वार्ड–११ का नाबालक ( भुपेस ऐर,धिरेन्द्र थापा) लाई वाल सुधार गसह पठाउन आदेश गरेको हो ।  जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा। राजेन्द्र कुमार आर्चायको एकल ईजलासले सामुहिक बलत्कार काण्ड ५ जना मध्ये  पक्राउ परेका २ जना नाबालकको सँलग्नता रहेको ठहर गर्दे उनीहरुलाई वालसुधार गृह पठाउने फैसला सुनाएको हो । 

श्रेस्तेदार हरीकृष्ण अवस्थीका अनुशार सामुहिक बलत्कार काण्डमा ५ जनाको सँलग्नता देखीएपनि ३ जना भने फरार रहेका छन् । उनीहरुका विरुद्ध किटानी जाहेरी परेको छ । उनीहरुका विरुद्ध अदालतमा उपस्थीत हुन वारेन्ट आदेश जारी गरिने उनले बताए । “उनिहरु विरुद्ध किटानी जाहेरीनै परेको रहेछ,उनले भने, “वारेन्ट आदेश जारीको  प्रक्रियामा छौ, छिट्टै जारी हुन्छ” उनले भने । शुक्लाफाटा नगरपालिका– ११ का आशिष बुढाऐर, पुष्कर भट्ट र सुरेन्द्र साउँद विरुद्ध पिडित परीवारले किटानी दिएका बताउदै उनीहरु फरार रहेकाले अनुशन्धान जारी रहेको बताए । गलत वाटोमा जान बाट रोक्न र अरु दिनमा उचित शिक्षा दिक्षा दिन अवसर प्रदान गर्न सुधार गृहमा पठाउने भन्ने आदेश अनुसार निज बालकलाई सुधार गृह पर्ठाईएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्ष नैन सिंह साउँदले बताउनुभयो । बालबालिका ऐन २०७५ ले १६ वर्षमुनिका बालबालिकाहरुलाई थुनामा राख्न नपाईने प्रावधान अनुसार निज बालकलाई सुधार गृहमा पर्ठाईएको कञ्चनपुर जिल्ला अदालतले जनाएकोछ ।