२०७६ कार्तिक ४ सोमबार Monday, October 21

ताजा अपडेट :

Skip Advt.

गर्मी छल्न ‘बतासे झरना’

पदमार्ग निर्माण गरिने
image

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बतासे झरना गर्मी छल्नका लागि उपयुक्त स्थल बन्दै गएको छ । झरना पहिचानमा आएपछि शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ धारापानीमा रहेको बतासे झरना गर्मी छल्न उपयुक्त स्थल बनेको हो ।

 

बतासे झरना पुर्व पश्चिम महेन्द्रराजमार्ग झलारीदेखि झण्डै १८ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको छ । वरीपरी डाँडा र जंगल भएका कारण पनि त्यस स्थानमा निकै शितल र चिसो हावा चल्छ ।

‘केही समय अघि पहिचानमा आएको झरनाको प्रचारप्रसार हुन थालेपछि यसको महत्व बढ्दै गएको छ, यहाँ कैलाली कञ्चनपुरका आन्तिरिक पर्यटक आउँछन्,’

 

सो क्षेत्रमा तिव्र गतिमा हावाहुरी चल्ने भएकाले स्थानीयले झरनाको नाम बतासे झरना राखेका छन् । बतासे झरनामा विदाको दिन विद्यार्थी र अन्य दिनमा आन्तिरिक पर्यटक गर्मी छल्न आउने गरेको गरेको शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुरसिंह महराले बताए । ‘केही समय अघि पहिचानमा आएको झरनाको प्रचारप्रसार हुन थालेपछि यसको महत्व बढ्दै गएको छ, यहाँ कैलाली कञ्चनपुरका आन्तिरिक पर्यटक आउँछन्,’ उनले भने । पर्यटकिय दृष्टिकोण एवं मनोरन्जनका हिसाबले अति महत्वपुर्ण रहेपनि सडक अभावका कारण पर्यटकलाई झरनासम्म पुग्न समस्या भइरहेको उनले बताए । ‘पर्यटकको सहजताका लागि झरनासम्म बाटो निर्माण गर्छौ, बाह्य पर्यटक भित्र्याउन झरनाको प्रचारप्रसारमा लगानी गर्छाै,’ उनले भने ।

यस क्षेत्रको विकासका लागि प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘वडा स्तरबाट भौतिक पुर्वाधारदेखि अन्य योजना लागु गर्नु समस्या छ, प्रदेश र संघीय सरकारले पर्यटकिय क्षेत्रको विकासका लागि बजेट दिनुपर्ने पर्छ,’ उनले भने । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले नगरभित्र रहेका पर्यटकिय गन्तव्यको संरक्षण, सम्र्बद्धन र प्रर्बद्धन गरिने बताए । नगर प्रमुख ऐरले बतासे झरनालाई पर्यटकिय गन्तव्य बनाउका लागि डिपिआर बनाएर विकास गरिने बताए ।

‘पर्यटकिय स्थलमा विभिन्न आकर्षण संरचना र पिकनिक स्र्पोट निर्माण गर्छौ, बतासे झरना अत्यन्तै रमणिय, सुन्दर छ, गर्मी छल्नका लागि उपयुक्त ठाउँछ,’ उनले भने ।सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बतासे झरनाको विकास तथा प्रचारका लागि अगामी आर्थिक बर्षमा प्रदेश सरकारबाट बजेट विनियोजन गर्न लगाउने प्रतिवद्धता जनाए । ‘पर्यटनका माध्यामबाट आर्थिक विकास र सम्बृद्धिका लागि बतासे झरनाको विकास आवश्यक छ,’ उनले भने ।

 

पदमार्ग निर्माण गरिने


पर्यटकलाई आकर्षण गर्ने बतासे झरनासम्म पुग्न पदमार्ग निर्माण गरिने भएको छ । शुक्लाफाँटा नगरपालिका–८ धारानापानीदेखि बतासे झरनासम्म नगरपालिकाले पदमार्ग निर्माणका गर्ने भएको हो । बतासे झरनासम्म सहजै पुग्न सकिने व्यवस्था गर्न नगरपालिकाले पदमार्ग निर्माण गर्ने नगर प्रमुख दिलबहादुर ऐरले बताए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षभित्र बतासे झरनासम्म पदमार्ग निर्माण गर्नेछ ।

 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पदमार्ग निर्माण गरिने उनले बताए । उनका अनुसार नगरका बेरोजगार युवालाई परिचालन गरेर बतासे झरनासम्म पदमार्ग निर्माण गरिनेछ । ‘केन्द्र सरकारले बेरोजगार युवालाई रोजगारी दिनुहोस् भन्दै केही बजेट नगरमा दिएको छ,’ उनले भने, ‘त्यही बजेटको सदुपयोग गर्दै बेरोजगारलाई परिचालन गरेर पदमार्ग निर्माण गर्छौ ।’