२०७६ असार ३१ मंगलबार Tuesday, July 16

ताजा अपडेट :

योग दिवस मनाइयो

image

कञ्चनपुर, विश्व योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । शुक्लाफाँटा नगरपालिकाले पनि योग दिवस मनाएको छ । शुक्लाफाँटा पतञ्जली योग समितिको सहकार्यमा दिवस मनाएको हो ।

 

दिवसको अवसरमा वकतृत्व कला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत बालिका पन्त प्रथम, वेष्टपोईन्ट माध्यमिक विद्यालयमा अध्ययनरत कबिता साहु दोस्रो, अनिरुद्र माध्यमिक विद्यालयका प्रमोद गिरी तेस्रो र चन्द्र सूर्य माध्यमिक विद्यालयका छात्राले मिना धामीले सान्तोना पुरस्कार पाइन् ।

 

पतञ्जली योग समिति शुक्लाफाँटाका अध्यक्ष केशवराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमा शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐर प्रमुख अतिथि थिए । नगर प्रमुख दिल बहादुर ऐर प्रमुख अतिथी रहेको कार्यक्रमको विशिष्ट अतिथीमा शुक्लाफाटा नगरपालिकाका नगर प्रवक्ता जगत बहादुर सिंह,वार्ड नं.२ का अध्यक्ष शिवराज पनेरु, वार्ड नं ५ का अध्यक्ष कमलराज गिरी र वार्ड नम्बर ११ का वार्ड अध्यक्ष दिल बहादुर वुढा रहेका थिए ।

 

पतञ्जली योग समिति शुक्लाफाँटाका कोषाध्यक्ष खग्रेन्द प्रसाद पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तृत गरेको कार्यक्रमा स्वागत झलारी आर्वेदक औषधालयका वरिष्ठ वैध दिवाकर जोशीले गरेका थिए । कार्यक्रमको संचालन वशन्तराज पाण्डेयले गर्नु भएको थियो ।  योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।

 

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त् र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।

 

विश्व योग दिवस अन्तर्रा्ष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।