२०७६ मङ्सिर २८ शनिबार Saturday, December 14

ताजा अपडेट :

Skip Advt.

युवा दिवसको अवसर पारेर किशोर किशोरीले बुझाए ज्ञापनपत्र

किशोर किशोरीले बुझाए ज्ञापनपत्र

दिपक खड्का, चन्द्रौटा ।

किशोर, किशोरीहरुको समस्या पहिचान र उनीहरुको समग्र विकासका लागि बुद्धभूमि नगरपालिकामा किशोर, किशारीहरुको संजालले एक कार्यक्रम बीच वडा न ९ वडा अध्यक्ष मार्फत नगरपालिकालाई ५ बुँदे ज्ञापनपत्र दिएको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका प्रत्येक किशोर, किशोरीका लागि योजना बनाउँदा उनीहरुको सहभागितामा जोड दिनु पर्ने संजालकी अध्यक्ष अञ्जना थारुले बताईन् ।
प्रत्येक कार्यक्रममा किशोर, किशोरीको सहभागीता युवाहरुको क्षमता विकास, महिला हिंसा, विपत र दाइजो प्रथा न्यूनिकरणका लागि अभिमुखिकरण विपन्न युवाहरुका लागि गुणस्तरीय शिक्षा तथा सुशासन भ्रष्ट्रचार र शून्य सहनशिलताका विषयलाई प्राथमिकतामा राखि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्धभूमि

नगरपालिकालाई ५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
“शिक्षामा रूपान्तरण उद्दमशिलता र नवप्रवर्तन” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय यूवा दिवस कार्यक्रम किशोर किशोरीहरूको सहभागितामा बुद्धभूमि नगरपालिका वडा नं. ९ र शिवराज नगरपालिका वडा नं. २ मा सम्पन्न भएको छ ।
कार्यक्रम संजालकी अध्यक्ष अञ्जना थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने, कार्यपालिका सदस्य खिमकला पाण्डे, किर्डाक नेपालका जिल्ला संयोजक हरि प्रसाद लौडारी लगायतले बोल्नुभएको थियो ।
वडा नं. ९ का झण्डै ८० जना किशोर किशोरी आवद्ध कार्यक्रममा अमर बि.क.को सञ्चालन रहेको थियो भने स्टोम फाउन्डेसनको आर्थिक सहयोग र किर्डाक नेपालको सहजिकरण रहेको थियो । कार्यक्रमको उद्देश्य माथि कार्यक्रम संयोजक श्री भण्डारीले प्रकाश पार्नुभएको थियो ।