२०७६ मङ्सिर २८ शनिबार Saturday, December 14

ताजा अपडेट :

Skip Advt.

वडा सदस्यद्वारा काम नगरी अनुदान रकम भुक्तानी

काम नगरी अनुदान रकम भुक्तानी
image

माधव बेल्बासे/शितगंगा, शितगंगा नगरपालिका वडा नं. ११ का वडा सदस्य गणेश पुलामीले गोठ सुधार कार्यक्रम अन्तरर्गत कामै नगरी अनुदान पाएका छन ।

 

शितगंगा नगरपालिका वडाको कार्यक्रम कृषकलाई दिने अनुदान वडा वाट सिफारिस भएपछी जनप्रतिनिधिले अनुदान पाएका हुन । ३० हजारको गोठ सुधार कार्यक्रम अन्तरर्गत असारमै भुक्तानी भएको छ । अनुदान पश्चात बनाए पनि हुन्छ भन्ने भनाई राख्दै वडा सदस्यले अन्य ३ जना कृषकहरुलाई पनि काम नै नगरी अनुदान दिलाएको खुल्न आएको छ । उनिहरुले गोठ सुधारको कामको सुरुसार गरेका नै गरेका छैनन ।

 

आव ०७५।७६ मा वडा वाट छुटिएको उक्त अनुदानमा अनिमिता भएको भन्दै वडा वासीहरुले जनप्रतिनिधिहरुको विरोध समेत गर्दै आएका छन । कामै नगरी अनुदान खाने भन्दै जनप्रतिनिधिहरुले मनोमानी गरेको स्थायिनहरुले ठम्याई छ । नगरको कृषि साखा अन्तरर्गतको कार्यक्रमा वडा न ११ का ४ जनालाई अनुदानमा छनोट गरिएको थियो ।

 

स्थानिय नुम वहादुर पल्ली,मित्रलाल पन्थि,वावुराम आचार्य र वडा सदस्य गणेश वहादुर पुलामीलाई वडाले छनोट गरेको वडा अध्यक्ष कपिल आलेले वताए । “खोर सुधार र गोठ सुधारको कार्यक्रमको एकमुष्ट भुक्तानी भएको हो, मैले अनुगमन गर्न पाएन फोटाको आधारमा सिफारि गरेको हु” आलेले भने ।

 

कामै नगरी अनुदान पाएको भन्दै स्थानियहरुले जानकारी गारएको भएपनि आफुले प्रतक्ष्य नदेखेको आलेको भनाई छ । “जनप्रतिनिधिले काम नगरी अनदान लिनु गलत हो” उनले थपे । शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले एक महिना भित्र काम नगरेमा कारवाही गर्ने वताए । भुक्तानी भएको एक महिना समय हुन्छ त्यसवेला सम्म काम नभएमा कारवाहीको प्रकृयामा अघि वढ्छ उनले भने ।

 

यता वडा सदस्य पुलामीले आफुले गोठ सुधार काम नगरेको स्वीकार गरेका छन । केहि दिनमै काम गर्ने भनेको भएपनि काम गर्न नसकिएको उनले जनाए । पुलामीले आफुले गलत नियतले अनुदान नलिएको वताएका छन । उनले काम गर्ने भनेपनि ट्याक्टर नआउदा काम गर्न नसकेको बताए ।