२०७६ असार ३१ मंगलबार Tuesday, July 16

ताजा अपडेट :

नयाँ वर्षमा स्नान गर्न गएका युवक नदीमा डुबेर बेपत्ता

रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
image

चितवन । नयाँ वर्षमा स्नान गर्न गएको एक युवक  नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । अर्का एक युवकको प्रहरीले उद्धार गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।