• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

सागको ४ खेलका लागि टिकट मूल्य निर्धारण 

५ सय टिकट मूल्य राख्ने तयारी

Fm Radio Link

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।

 

परिषदले सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय र क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म निर्धारण गरेको छ ।

 

समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस