• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

सिरहामा २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ सुरु

Fm Radio Link

अनिल चौधरी/सिरहा, ओरेक नेपाल सिरहा र मुक्ति नेपाल सिरहाले आईतवार सिरहाको लहानमा २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ सुरुवात गरेको छ । साथै सिरहा जिल्लामा सन् २०१९ नोभेम्बर २३ सम्म घटेका महिला हिंसाका घटना बारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

 

ओरेक नेपाल र मुक्ति नेपाल सिरहाले १६ दिने महिला हिंसा विरुद्धको अभियानका कृयाकलापका बारेमा पनि जानकारी दिनुभएको छ । सन् २०१९ जनवरी १ देखि सन् २०१९ नोभेम्बर २३ सम्म मुक्ति नेपाल सिरहाको तथ्याङ अनुसार घरेलु हिंसाका घटना २१ वटा, हत्या ३ , आत्म हत्या ५ , बोक्सी आरेप २ , कुटपिट ७ , बहुविवाह ६ र ज्यान मार्ने उघोग १ रहेको छ । जिल्ला प्रहरी कार्यलय सिरहाको तथ्याङ अनुसार ५ सय ५७ जना महिला घरेलु हिंसामा परेको छ । जस मध्ये २ सय ७६ वटा घटनामा मिलापत्र भईसकेको र २ सय ८१ छलफल प्रकृयामा रहेको छ ।

 

त्यसैगरी ओरेक नेपाल सिरहाको अनुसार सन् २०१९ जनवरी १ देखि सन् २०१९ नोभेम्बर २३ सम्ममा १ सय २२ वटा महिला माथि हिंसा भएको छ । जसमा घरेलु हिंसा ५४ , बलत्कार ९ , बलत्कार प्रयास ८ , आत्म हत्या ७ , हत्या ४ , आत्महत्या प्रयास ३ , बाल विवाह ४ , ज्यान मार्ने धम्की २ साईबर क्राईम २ मानव बेचविखन १ रहेको ओरेक नेपाल सिरहाका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो । २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को यस वर्षको राष्ट्रिय नारा समानताको पुस्ता , बलत्कार विरुद्धको एक्यबद्धता रहेको छ ।

 

 

ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा विरुद्धको क्षेत्रमा दशकौ देखि कार्यरत रहेपनि कतिपय घटनाको बारेमा थाहै नहुने अवस्था हुन्छ त्यस्तो घटनाका बारेमा हामीलाई जानकारी गराईदिन हुन र १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ सबै महिला अधिकारकर्मी र संचारकर्मीको साथ सफल बनाईदिन अनुरोध गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस