• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

दुईबुँदे सहमति कार्यान्वयन बारे समाजवादीले सरकारसँग वार्ता गर्ने 

Fm Radio Link

काठमाडौं, विगतमा भएको दुईबुँदे सहमति कार्यान्वयनका बारेमा समाजवादी पार्टीले सरकारसँग वार्ता गर्ने भएको छ । सरकार र नेकपासँग वार्ताका लागि समाजवादीले हिजो समिति गठन गरेको छ ।

 

वार्ता समितिमा समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रिय अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सह अध्यक्ष राजेन्द्र श्रेष्ठ रहेको प्रचार प्रसार विभागका उपप्रमुख विश्वदिप पाण्डेले बताउनुभयो । प्र

 

धानमन्त्री केपी ओलीले गत बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा पठाउनुभएको छ भने राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गर्नुभएको छ । सरकार पुनर्गठन हुदा उपप्रधानमन्त्री यादव भारत भ्रमणमा हुनुहुन्थ्यो । 
 

प्रतिकृया दिनुहोस