• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको काँग्रेस सभापति देउवाको आरोप 

Fm Radio Link
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाउनुभएको छ ।

 

आज पोखरामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन उद्दत रहेको भन्दै आलोचना गर्नुभयो ।  

 

संवैधानिक परिषदलाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको देउवाको आरोप छ । सरकारका गलत काम विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताउनुभयो । काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो ।  

 

नेपाल डेमोक्यार्टिक लयर्स एसोसियसनको ३० औं साधारणसभामा सभापति देउवाले अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै यो निष्पक्ष रह्यो भने सरकारले गलत गरेपनि सच्याउन सकिने धारणा राख्नुभयो । 
 

प्रतिकृया दिनुहोस