• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

पुर्वसभामुख महराको बारेमा ‘कैफियत प्रतिवेदन’ पेश गर्न उच्च अदालतको आदेश

Fm Radio Link

काठमाडौँ, उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

 

आफूलाई कानून विपरित पुर्पक्ष थुनामा राखिएको दाबी गर्दै महराले गत उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमा जिल्ला अदालत काठमाण्डौंले पुर्पक्ष थुनामा राख्ने भनी गरेको आदेश बदर हुनुपर्ने माग छ । निवेदनको सुनुवाईपछि उच्च अदालतले आञादेश गरेको हो ।

 

कैफियत प्रतिवेदनमा जिल्ला अदालतले आरोपित माथि लागेको आरोप, प्रमाण, अन्य आधार र कारण खुलाएर प्रतिवेदन पठाउँछ । प्रतिवेदन र अन्य मिसिलका आधारमा उच्च अदालतले महरालाई पुर्पक्ष थुनामा राख्ने भनी भएको आदेश कानुनसम्मत थियो वा थिएन भन्ने विवेचना गर्नेछ । तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन् भन्नसक्ने अवस्था नरहेको भन्दै जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो ।

 

आदेशसँगै महरा डिल्लीबजार कारागारमा छन् । महरालाइ ससंद सचिवालयका महिलम कर्मचारीलाइ बलात्कार प्रयासको आरोप लागेको छ । 
 

प्रतिकृया दिनुहोस