• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

पाचँ लाख घुस सहित कार्यलय निमित्त प्रमुख मण्डल पक्राउ

Fm Radio Link

अनिल चौधरी/सिरहा, सिरहाको भुमि सुधार तथा मालपोत कार्यलयका निमित्त प्रमुख पाचँ लाख घुस सहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग बर्दिबासको टोलीले निमित्त प्रमुख रामबाबु मण्डललाई सेवाग्रही संग घुस लिरहेको अवस्थामा उनको कार्यकक्षबाटै शुक्रबार पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग  बर्दिबासको प्रवत्ता हरि प्रसाद घिमिरेले बताउनु भयो  ।

 

निमित्त प्रमुख मण्डलले एक जना सेवाग्रहीका नाममा आएको जग्गा बारे निर्णय सहित कागजात उच्च अदालत जनकपुरको राजविराज कार्यालयको इजलासमा लैजान आनाकानी गरि रकम माग गरेको सुचनाको आधारमा मण्डललाई पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग  बर्दिबासको प्रवत्ता घिमिरेले बताउनु भयो ।

 

पक्राउ परेको मण्डलको बारेमा थप अनुसन्धान भईरहेको छ । थप विवरण आउन बाँकी छ  ।

प्रतिकृया दिनुहोस