• २०७६ मङ्सिर २४ मंगलबार / Tuesday, December 10
Skip Advt.

थारु आयोगद्धारा स्थानिय तहका थारु जनप्रतिनिधिहरु संग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

Fm Radio Link

अनिल चौधरी/सिरहा, थारु आयोग काठमाण्डौले सिरहाको लहानमा विहिवार स्थानिय तहका थारु जनप्रतिनिधिहरु संग छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ । प्रदेश नं. १ र २ को स्थानिय तहमा रहेको थारु जनप्रतिनिधिहरुलाई थारु आयोगको काम कर्तब्य र अधिकारको बारेमा थारु आयोगका सचिव सोतीले जानकारी दिनुभयो ।

 

थारु आयोगले गरेको कार्यक्रममा विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिका मेयर, उपमेयर, वडा सदस्य र सदस्य लगायत थारु कल्याणकारिण्ीका प्रतिनिधि, थारु बुद्धिजिवी, भाषा विज्ञ, अधिवक्ता र पत्रकारहरुको सहभागिता रहेको थियो । थारु भाषालाई सरकारी कामकाजको भाषा र थारु भाषा शिक्षा सम्वन्धमा भाषा विज्ञ भोला चौधरी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने स्थानिय तहको अधिकार र थारु समुदायको सामाजिक विकास शिक्षा, स्वास्थ्य, सशक्तिकरणका लागि चाल्नुपर्ने कदमका बारेमा अधिवक्ता भागवत प्रसाद चौधरी प्रस्तुत गर्नुभएको थियो ।

 

प्रस्तुत कार्यपत्र माथि थारु बुद्धिजिवी शंकरलाल चौधरी टिका टिप्पणी गर्नु भयो वहाले भन्नु भयो जब सम्म केन्द्रिय तहमा हाम्रो हक अधिकार र बाहुल्यता हुनसदैन तबसम्म हामी हरेक तह तप्कामा पछाडी पर्ने अवस्था हुन्छ । थारु समुसदाय भित्र अनगिन्ती सम्भावनाहरु छन् संभावना भित्र कुरिती, अन्धविश्वास र शोषण पनि रहेको छ । भाषा, कला, संस्कृति, लिपी, इतिहास परम्परा र साहित्यको संरक्षण गर्दै थारु समुदायको हक हित संरक्षण सम्बद्र्धन र सशक्तीकरणका लागि चेतना  कार्यक्रम संचालन गरी समग्र समुदायको जीवनस्तरमा सुधार ल्याउन जरुरी छ ।

 

थारु आयोग बाट संचालित अन्तरकृया तथा छलफल कार्यक्रममा उठेका जिज्ञासा र आयोगको अग्रसरताका विषयमा सवालहरुलाई उत्तिकै महत्व दिएको थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस