• २०७६ मङ्सिर २६ बिहीबार / Thursday, December 12
Skip Advt.

बेगनासमा बस दुर्घटना हुदाँ ३० जना घाइते

Fm Radio Link

पोखरा ।

पोखरा ३१ बेगनासमा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनौ घाइते भएका छन् ।बेगनासबाट पोखरा आउदै गरेको ग १ ख ४७७१ नम्बरको यात्रुबाहक बस पोखरा ३१ बेगनासको पौरखे डाँडामा दुर्घटना हुँदा करिब ४० जना घाईते भएका हुन् ।

दुर्घटना लगत्तै प्रहरी र स्थानियहरुले उद्दार गरि घाइतेहरुलाई लेखनाथ सामुदायिक अस्पताल र पोखराका अन्य अस्पतालमा पठाएको पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले जानकारी दिए । कति जना घाईते भए भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको र सबैलाई तत्काल उद्दार गरेर बिभिन्न अस्पतालहरुमा पठाईएको उनले जानकारी दिए ।

घाईतेहुनेहरुमा बर्ष ३२ कि दुर्गा तिवारी , बर्ष २५ कि सिर्जना सुनार बर्ष १९ कि सुनिता सपकोटा,बर्ष ४४ कि सारदा साप्कोटा , बर्ष २६ कि अञ्जना सापकोटा ,बर्ष १६ कि मैया थापा , बर्ष ४५ कि साबित्री अधिकारी , बर्ष ४० कि सुनिता रानभाट ,बर्ष ५५ कि इन्द्रा कडेल, गोबिन्द बिक, बर्ष १२ कि रजिना सुनार , बर्ष ३८ का आसिक सुनार,एलिना सापकोटा ,बिष्णु तिवारी , बर्ष ६५ कि राधिका नेपाली , बर्ष ३० कि कमला पौडेल अधिकारी , बर्ष ३० कै रिता सापकोटा , बर्ष ४० कि सोबिता रानभाट , बर्ष १८ का बिपिन रानभाट , बर्ष ४३ का प्रकाश बहादुर रानाभाट , बर्ष ५ का अपार बस्नेत र सुस्मा भुजेल घर्ती रहेका छन् ।

यस्तै बर्ष ९ का दिपशिखा बसौला , बर्ष २६ कि मन्ना गुरुङ , बर्ष ३० कि सुनिता परियार , बर्ष २९ का राम्जी भुजेल , बर्ष २५ कि करिना भुजेल , बर्ष ७६ का सुकदेब सापकोटा ,बर्ष ३६ का कृष्णराम , बर्ष ४६ का एकनाथ पाण्डे,कमलराज कडेल , स्वरुप रानाभाट , ज्योती नेपाली , पुर्ण बहादुर थापा पनि घाईते भएका स्थानिय युवा श्रीराम कडेलले जानकारी दिए ।

उनिहरुको पोखरा र लेखनाथका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । यि बाहेक अन्य पनि धेरै घाईते भएको र उनिहरुको परिचय खुल्न बाकी रहेको जनाईएको छ । घाईते हुनेहरु सबै जसो बेगनास कै बासिन्दा रहेका छन्। बस सहचालकले चलाएकोले दुर्घटना भएको सोही बसमा सवार रहेका स्थानिय खगराज अधिकारीले जानकारी दिए ।बस केही पहिलेबाटै हल्लिएको भन्दै उनले हावा हेर हावा हेर भन्दा भन्दै सहचालकले चलाईरहेको अवस्थामा दुर्घटनामा परेको उनको भनाई छ । आफु भने बसबाट हामफालेर जोगिएको पनि अधिकारीले बताए ।
 

प्रतिकृया दिनुहोस