• २०७६ असोज २८ मंगलबार / Tuesday, October 15
Skip Advt.

अहिलेको सरकार सबैभन्दा भ्रष्ट सरकार भएको काँग्रेस प्रवक्ता शर्माको आरोप

Fm Radio Link

काठमाण्डौं, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाउनु भएको छ । संविधान दिवसको अवसरमा हिजो झापाको धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता शर्माले सबैभन्दा बढी भ्रष्टचार अहिलेको सरकारको पालामा भएको बताउनु भयो ।

 

संविधानले जनताको भावना समेटेको भए पनि दुई तिहाइको कम्युनिष्ट सरकारले त्यसको कार्यान्वयनमा बेवास्ता गरेको शर्माले आरोप लगाउनु भयो । जनताले कम्युनिष्ट सरकारको रबैयाको बारेमा एक बर्षमा नै जानकारी पाएको भन्दै शर्माले कम्युनिष्ट सरकार बनेपछि जनताको सपना पूरा हुन्छ भन्ने भ्रमबाट नेपाली नागरिक मुक्त भएको बताउनु भयो ।

 

एक बर्षमा नै कम्युनिष्ट सरकारबाट जनता आजित भइसकेका शर्माको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिका कारण पनि जनतामा निराशा छाएको प्रबक्ता शर्माले बताउनु भयो । 

प्रतिकृया दिनुहोस