• २०७६ असोज २८ मंगलबार / Tuesday, October 15
Skip Advt.

असोज १० बाट दशैंका लागि नयाँ नोट साट्न पाइने

Fm Radio Link

काठमाण्डौं, दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि नयाँ नोट सटही हुने जानकारी दिएको हो ।

 

राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ ।

 

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । ५, १०, २०, ५० र एकसयका नयाँ नोट वितरण हुनेछ ।

 

त्यो बाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट सटही पनि गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीआईएनलाई जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस