• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

डेंगु चेकजाँचको लागि अस्पतालमा भिड बढ्यो

Fm Radio Link

काठमाण्डौं, अहिले देशभरी नै डैंगुको संक्रमण फैलिएको छ । यो वर्ष धरानमा पहिलो पटक देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म ६ हजार व्यक्ति संक्रमित भएको तथ्याङ्क छ । डेंगुको संक्रमण फैलिएसँगै सामान्य ज्वरोका विरामी पनि डेंगुको आशंकामा अस्पताल पुग्ने क्रम बढेको छ ।

 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै डेंगुको परिक्षण लागि मात्रै दैनिक सात सय भन्दा धेरै विरामी पुग्ने गरेको अस्पतालले जनाएको छ । जुनसुकै रोगको विरामी पनि ड्ेंगु परीक्षण गर्न अस्पताल पुग्दा अस्पतालमा बेडको अभाव भएको र विरामीहरुलाई समस्या हुने गरेको अस्पतालले जनाएको छ । विरामीको चाप र बेडको अभावका कारण कतिपय विरामीलाई भुँईमै सुताएर उपचार गरिएको छ ।

 

गत सोमबार मात्रै अस्पतालमा आएका ४ सय ४७ जना मध्य ३ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो । तर डेंगु लाग्दैमा विरामीको मृत्यु नहुने भएकाले डर भन्दा पनि सावधानी अपनाउनु पर्छ ।

 

अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो । डेंगु जुनसुकै लामखुट्टेको टोकाईबाट नलाग्ने भएकाले डराउन नहुने तर सावधानी भने अपनाउनुपर्ने चिकित्सकहरुको भनाई छ ।

 

चिकित्सकहरुका अनुसार डेंगुको संक्रमण ज्वरो जस्तै सामान्य हो । तर लामखुट्टेको टोकाईबाट बच्न र डेंगु लागेको शंका लागे अस्पताल जान चिकित्सकहरुको सुझाब छ । 
 

प्रतिकृया दिनुहोस