• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

आफूले बनाएको योजना पूरा गर्न मन्त्रालयमा विशेष टोली बनाएको छु : मन्त्री थापा

Fm Radio Link

काठमाण्डु, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले आफूले बनाएको योजना पूरा गर्न मन्त्रालयमा विशेष टीम बनाएर काम सुरु गरेकोे दाबी गर्नुभएको छ ।

 

अहिलेसम्म बनाएका र कार्यान्वयन नभएका योजनाहरु कार्यान्वयन गर्नको लागि विशेष टोली बनाएको उहाँले सीआईएनसँग बताउनुभयो । यसअघि मन्त्री थापाले कानूनी तथा नीतिगत, संस्थागत तथा संरचना र कार्यक्रमगत गरी तीन भागमा विभाजित गरी योजना सार्बजनिक गर्नुभएको थियो ।

 

नेपालको संविधान र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुकुल राष्ट्रिय लैंगिक नीति निर्माण गरी यथासिघ्र कार्यान्वयनमा ल्याउने, सबै प्रकारका महिला हिंसालाई कानुनी दायरामा ल्याउने र पीडितलाई क्षतिपूर्ति दिने लगायत ११ बुँदे नीतिगत योजना थिए । त्यसमा सबै कार्यान्वयन हुन नसकेको र केही पूरा भएको थापाले बताउनुभयो ।

 

संस्थागत योजनामा केन्द्रमा बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका गुनासो सुन्न एवम् समस्या समाधान गर्नका लागि सहयोगी सेवा कक्ष र समस्या समाधान कक्षको स्थापना गर्ने भनिएको थियो ।

 

प्रत्येक स्थानीय तहमा महिला हिंसा तथा दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा रोक्नका लागि निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, शिक्षक, पत्रकार सम्मिलित तत्काल उद्धार समूह गठन गरी उद्धार तथा संरक्षणको काम गर्न प्रोत्साहित गरिने मध्ये दुईवटै योजना पूरा हुन सकेका छैनन् ।

 

त्यसमा सार्वजनिक निजी साझेदारीमा अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामाग्रीको उत्पादन र वितरणको व्यवस्था ७ वटै प्रदेशमा विस्तार गरिने, सार्वजनिक यातायातमा महिला हिंसालाई शून्य बनाउन तथा जेष्ठ नागरिक र अपाङ्गता मैत्री बनाउन साझा यातायात लगायतका सार्वजनिक यातायातका संस्थासँग सहकार्य गरी कार्यान्वयन गरिने लगायतका रहेका थिए । तर पनि अहिलेसम्म थोरै मात्र योजना कार्यान्वयन भएका छन् । 
 

प्रतिकृया दिनुहोस