• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

दिउँसो १ बजे संसद बैठक बस्दै

Fm Radio Link

काठमाडौं, संसद बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईको बैठकमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

 

त्यसअघि मन्त्री ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५” प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

“लोक सेवा आयोग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस