• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

प्रभु बैंककाे नयाँ शाखा कलाबन्जरमा

१ सय ५२ एटीएम मर्फत बैंकिङ्ग सेवा प्रदान गर्दै प्रभु बैंक

Fm Radio Link

कलाबन्जर/प्रदीप जस्मैत चाैधरी,  प्रभु बैंकले छुट्टाछुट्टै शाखा विस्तार गर्ने क्रममा भाद्र २३ गते साेमबार दिन बराहक्षेत्र नगरपालिकाे वडा नम्बर ५ काे कलाबज्जरमा शाखा विस्तार गरेको छ । याे शाखा संगै प्रभुकाे १ सय ९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रम नगर प्रमुख निलम खनालकाे प्रमुख आतिथ्यमा समपन्न भएको थियाे ।

 

बैंकको शाखा विस्तार सँगै सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुग्ने विश्वास लिइएको छ । प्रभु बैंकले अहिले १ सय ९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १ सय ५२ एटीएम मर्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएका बैंकका शाखाबाट सवै सुविधा काठमाडौं र अरु शाखा सरह स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ–संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न पाउने बैंकका प्रदेश नम्बर १ का प्रमुख लेखराज कार्कीले कार्यक्रममा मन्तव्य दिऐका छन् ।

 

याे बैंकले याहाँकाे जन्ता व्यापारी कर्मचारीहरुलाई भावि दिनमा राम्रो सुविधा प्रदान गरिन्छ भन्ने आशा रहेको छ । यहाँका जन्ता बजार जस्ताे शिक्षित जान्ने छैन त्यसैले खाता खाेल्न आउदा वा वा लेनलेन गर्न आउँदा सहज बतारण वनाय दिनुहुनु मेराे अनुराेध रहेकाे छ । सकभर केहि दिन बैंकले हेल्प डेक्सकाे व्यवस्था सचालन गराेस जस्ले गर्दा यहाँको जन्ताले बैंककाे बारेमा सवै जानुन् । यसाे गर्दा बैंककाे वारेमा बचतका किसिम व्याजदर , ऋणका प्रकार , किस्ता अवधि सुविधा सवैले जान्ने अवसर प्रदान प्राप्त गर्छ कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख निलम खनालले शुभकामना साथै सुझाव प्रदेश नम्बर १ का प्रमुख लेखराज कार्कीलाई दिऐकाे थियाे।

 

पेट्रोलियम डिक्स ऐसिसियन केन्द्रीय सलस्य तथा रा. प्र. पा. सुनसरी जिल्लाकाे सभापति दुर्गा बस्नेतका विसेशआतित्य, प्रदेश नम्बर १ काे निर्बाचित कार्यसमिति सदस्य, बिनायक कृषि सहकारी संस्था लि. बराहक्षेत्र ५ कालाबन्जारका अध्यक्ष साथै बराहक्षेत्र उद्योग वाणिज्य संघ महेन्द्रनगर प्रचार प्रसार समितिका सचीव श्रि मो.साजिद हुसेनकाे विशेष आतिथ्य, लायन्स क्लब अफ कलाबन्जर अध्यक्ष राजन कार्की, बराहक्षेत्र वडा नम्बर ३,४ र ५ का अध्यक्ष क्रमशः रुद्र दाहाल, आशाराम चाैधरी र राजु अधिकारी आथित्य साथै बराहक्षेत्रकाे व्यापारी संघ सस्था स्कुल र सहकारीहरुकाे विशेष आतिथ्य रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस