• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीद्वारा पेट्रोलियम पाइपलाइनको उद्घाटन  

Fm Radio Link

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उच्च प्रविधिको प्रयोग गरेर उद्घाटन गर्नुभएको छ ।

 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलयमा रहेको एक्सन रुमबाट मोदीले नयाँ दिल्लीबाट स्विच दबाएर पाइपलाइनको उद्घाटन गर्नु भएको छ । उद्घाटन पछि भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले   भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत बढाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्ने बताउनुभएको छ ।

 

प्रधानमन्त्री ओलीले यस प्रकारका पाइपलाइनहरुको विस्तारका लागि नेपालले अरु अवसर पनि दिने बताउनुभएको छ । “यस पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव परेको छ । आजै देखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंया मूल्य घटाएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ ।

 

 

नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ ।  प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठुलो महत्व दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धको लागि नयाँ जोश, गतिशिलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस