• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग पराजित

Fm Radio Link

काठमाडौँ, नेपालले नदेज्दा कप महिला फुटबलमा उज्वेकिस्तानसँग हार ब्यहोरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको हो ।

 

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो ।  खेलको ३४ औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो ।

 

आयोजक राष्ट्र किर्गिस्तानलाई हिजो नेपालले ८–२ गोलको फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस