• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

Fm Radio Link

काठमाडौं, किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा जित निकाल्दै प्रतियोगिताको फाईनल नजिक पुग्ने लक्ष्य राखेको छ ।

 

आसन्न सागको तयारीको रुपमा रहेको नेपालले प्रतियोगितालाई प्रर्दशन सुधार गर्ने अवसरको रुपमा लिएको छ । यसअघि हिजोको खेलमा नेपालले पहिलो जित हात पारेको थियो ।

 

नेपालले आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालले तीन अंक जोड्दै प्रतियोगिताको सुरुवात गरेको छ र  लिगको दोस्रो स्थानमा पुगेको छ ।

 

राउण्ड रोबिनको आधारमा जारी लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । हिजो नै भएको पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस