• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

वैदेशिक रोजगार छात्रवृतिका लागि निवेदन माग

Fm Radio Link

काठमाडौं, सरकारले वैदेशिक रोजगार छात्रवृतिका लागि निवेदन दिन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । श्रम स्वीकृती लिएर बैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका, पूर्ण रुपमा अशक्त वा गम्भिर विरामी भएका कामदारका बालबालिकालाई निवेदन दिन बैदेशिक रोजगार बोर्डले आग्रह गरेको हो ।

 

सम्बन्धित व्यक्तिलाई आफू अध्यनरत विद्यालयमा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । सामुदायकि तथा संस्थागत विद्यालयमा कक्षा एक एवम् नर्सरीदेखी कक्षा १२ सम्ममा अध्यनरत र १८ बर्ष ननाघेको हुनुपर्ने पनि जनाइएको छ ।

 

यस्तै २०६७ असार मसान्तसम्म आर्थिक सहायता प्राप्त गर्ने कामदारका बालबालिकालाई मात्र शैक्षिक सत्र २०७६ को छात्रवृति उपलब्ध गराइने बोर्डले जनाएको छ । बोर्डका अनुसार आधारभुत तहका लागि वार्षिक रुपमा आठ हजार र माध्यामिक तहका लागि १२ हजार प्रदान गरिंदै आएको छ । 

प्रतिकृया दिनुहोस