• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

१९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने

Fm Radio Link

काठमाडौं, श्रीलंकामा जारी एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेबाट शुरु हुने छ । पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न आजको खेलमा जित निकाल्नै पर्ने दवाव छ ।

 

यदि आजको खेलमा नेपाल बंगलादेशसँग पराजित भयो भने उसको सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुने छ । यसअघि हिजो भएको खेलबाट भारतले सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ ।  

 

पाकिस्तानलाई ६० रनले पराजित गर्दै भारतले लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भारतले दिएको ३ सय ६ रनको फराकिलो लक्ष्य पछ्याएको पाकिस्तान ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४५ रनमा समेटियो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतिकृया दिनुहोस