• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

भारतीय चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल

Fm Radio Link

काठमाडौं,  भारतले जुलाई २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ । आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन भएको वैज्ञानिकहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताएको छ ।

 

सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो । योसँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ ।

प्रतिकृया दिनुहोस