• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

पश्चिम र मध्य भेगमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाडौं, आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

 

पश्चिमि र मध्य  भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुनेछ ।

 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केहि स्थानहरुमा वर्षा भईरहेको छ । रातभर वर्षा भएको काठमाडौं उपत्यकामा मौसम अझै खुल्न सकेको छैन ।  

प्रतिकृया दिनुहोस